मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

राप्रपा भद्रपुर नगरकाे अध्यक्षमा राजकुमार राई चयन

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुरको पाचौँ नगर अधिवेशनले राजकुमार राईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन  गरेकाे छ।

 पार्टीका केन्द्रीय अध्यक्ष एवम झापा क्षेत्र नम्बर ३ का साँसद  राजेन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमासमिति चयन भएकाे हाे ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै  प्रमुख अतिथि लिङदेनले देशलाई विकास गर्ने एकमात्र वैकल्पिक पार्टी राप्रपा भएको भन्दै नवनिर्वाचित कार्यसमितिलाई इमान्दार भएर देश र जनताको पक्षमा प्रभावकारी तरिकाले नेतृत्व गर्न शुभकामना दिएका थिए। कांग्रेस, एमाले र नयाँ भनेका पार्टीहरू भष्ट्राचारमा लिप्त भएकाले देश सधै पछि परेको भन्दै उनले यी पार्टीहरूले जति वर्ष नेतृत्व गरेपनि कुनै परिवर्तन नहुने जिकिर गरेका थिए।
कार्यक्रममा राप्रपाका सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरु अञ्जरा आलम,डि वि थापा , प्रदेश सभा सदस्य  निमसरी राजवंशी, राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सचिव अभिषेक ढुंगाना, कुमार थापा, पूर्व प्रहरी संगठनका अध्यक्ष अम्विका पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन लगायत जिल्ला सदस्य हरू ,प्रदेश, क्षेत्र लगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको उल्लेखिय उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टीका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी करिब ८० जनाले राप्रपा प्रवेश गरेका थिए।

भद्रपुर नगर संयोजक सिता लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव पोखरेलले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार