मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

भद्रपुरमा निजी विद्यालयका शिक्षकमाथि शोषण, प्रतिकारमा उत्रिने चेतावनी

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

झापा संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सन/एन-प्याब्सनको नाममा शुक्रवार ४ बजेसम्म संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णयको प्रतिवाद गर्ने भएको छ ।

नगर अध्यक्ष विदुर ढुङ्गाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार राज्यको नियम विपरीत शुक्रवार १ बजेपछि संस्थागत विद्यालय बिदा नगरिए बहिस्कार गरेर विद्यालय छोड्ने निर्णय गरिएको हो । राज्यको नीति नियमभन्दा शक्तिशाली निकाय बन्न खोज्दै प्याब्सन एनप्याब्सनको आडमा आगामी दिनमा यस्ता गतिविधि संस्थागत विद्यालयहरूले बढाउँदै लगे कानुनी उपचारमा जाने समेत निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ — विभिन्न बहाना बनाएर संस्थागत विद्यालयहरूले सङ्गठित रूपमा सार्वजनिक बिदा अतिक्रमण गर्ने, सरकारले तोकेको पारिश्रमिक नदिने, आधा दिनको बिदा मिचेर पूरै दिन काम लगाउने, हरेक वर्ष विद्यार्थीको अध्ययन शुल्क बढाउँदै जाने तर शिक्षक कर्मचारीको पारिश्रमिक बढाउन नमान्ने कार्यको संरक्षण प्याब्सन एनप्याब्सनले गर्ने गरेको कार्यशैलीप्रति आपत्ति प्रकट गर्दछौँ भनिएको छ ।

यस्तै प्याब्सन, एन प्याब्सनसित संस्थागत विद्यालय शिक्षक युनियनले गरेको सहमति विपरीत  संस्थागत विद्यालयहरूले शिक्षक कर्मचारीमाथि गरिरहेको शोषण अविलम्ब नरोके कडा प्रतिकारमा जाने समेत स्पष्ट पारिएको छ । भद्रपुरमा रहेका ३१ वटा संस्थागत विद्यालयहरू मध्ये अधिकांश विद्यालयले प्याब्सन एन प्याब्सनको निर्णय भन्दै सार्वजनिक बिदा अतिक्रमण गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक नदिने, राज्यको नीति नियम विपरीत गतिविधि अगाडि बढाउने काम गरे पनि नियामक रमिते भइरहेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार