मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

इजरायल र हमासबीचको युद्धमा परी १० जना नेपालीको मृत्यु

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

   इजरायल |प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका छन्। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घटनामा १० नेपालीको मृत्यु भएको अन्नपूर्णलाई पुष्टि गरिन्। 

११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरीकहाँ सुरक्षित छन्।

त्यस्तै विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमााञ्चल कट्टेल अस्पतालमा सकुशल रहेका छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार