मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

बीएण्डसी हस्पिटलका संस्थापक प्रसाईँकाे मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका दाजु महेन्द्र प्रसाईँ मृत भेटिएका छन् ।  प्रसाईँले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसादले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीले बताएको छ ।

उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।

सुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईँभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । पछि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।

प्रतिक्रिया

सिनामे राजेश ७ भाद्र २०८१, शुक्रबार

यसलाई अात्मा हत्या भनेर बुझ्ने कि ऋणिले हत्या गरेको या गराएको हो भनी अनुसन्धान गरेर कार्वाहि अगाडि बढाउने हो ।

Prabhat Manandhar ७ भाद्र २०८१, शुक्रबार

महेन्द्र प्रसाईं भाईले आत्महत्या गर्‍यो भन्दा अचम्मित भएको छु,त्यस्तो आँटिलो ब्याक्तिले कसरी त्यस्तो घिन लाग्दो कार्य कसरी गर्‍यो होला ?

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार