मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

ईटहरीमा धर्मनिरपेक्षताको खारेजी र हिन्दूराज्यको माग गर्दै नाराबाजी

देश प्रदेश डेस्क 5481+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

झापा  हिन्दू धर्मका अनुयायीहरुले धर्मनिरपेक्षताको खारेजी र हिन्दूराज्यको माग गर्दै नाराबाजी गरेका छन् । धरानमा निषेधादेश जारी भएपछि इटहरीमा निकालिएको र्यालीमा हिन्दू धर्मका संघसंगठन र धर्मगुरुहरुको नेतृत्वमा भएको र्यालीमा गोवंश तथा स्वधर्म संरक्षणका लागि सद्भाव र्याली निकालिएको छ ।

धार्मिक तथा राष्ट्रिय झण्डाको प्रयोगसँग हिन्दू धर्मको पक्षमा प्लेकार्डसहितको र्याली प्रदर्शन गरिएको छ । र्यालीमा ‘गौमाताको सम्मानमा आऔं सबै मैदानमा’, ‘मरे बलिदान बाँचे स्वभिमान, गौ संरक्षण हाम्रो अभियान’ लगायतका नारा लगाइएको छ । 

हिन्दू धर्मका विभिन्न संघसंगठनले धरानमा आह्वान गरेको शान्ति र्यालीसँगै पहिचानवादीका कार्यक्रमले सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेको छ । तर स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर भने र्याली निकालिएको छ । 

इटहरीबाट निस्केको र्याली तरहराको पानीपियासम्म पुग्ने बताइएको छ । धरान क्षेत्रमा निषेधादेश जारी भएकाले पानीपियासम्म र्याली आउने बताइएको छ । उनीहरुले स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै शान्ति र्याली आयोजना गरेका बताएका छन् । 

र्यालीले धरान नगर प्रमुख हर्क साम्पाङविरुद्ध नाराबाजीसमेत गरेको देखिएको छ ।

प्रशासनले धरानमा २४ घण्टे निषेधादेश जारी गरेको छ । धरान आउने नाकामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

याे समाचार ब्लाष्टमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै