मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |
मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |


ढिकी–ओखलमा धान कुट्ने प्रचलन हराउँदै

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

झापा आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ। थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुट्ने कार्य गर्दै आएका थिए। घरघरमै ढिकी र ओखल बनाइएका हुन्थे।

हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ। ढिकी र ओखलमा धान कुटदा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तेजबहादुर शाहले जानकारी दिए। उनले भने, “महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नुपर्दथ्यो। धान कुट्ने कार्य महिलाले मात्रै गर्दथे। हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ।” मिलमा ल्याउन लैजान मात्रै समय लाग्ने गरेको छ।

ढिकी र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेको उनको भनाइ छ। “बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुट्ने गर्दथे”, सुम्नी चौधरीले भनिन्, “ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए।” ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिकीमा धान कुट्नु पर्दथ्यो। एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो। फेरि धान कुट्नका लागि जुट्नुपर्दथ्यो।”

दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उनको भनाइ छ। ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नुपर्दथ्यो। “दशैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भने, “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो। त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ।”

ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनको अनुभव छ। ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको कालुराम डगौराले बताए। उनका अनुसार ढिकी कुट्नकै लागि सासुले बुहारीमा गीतमै सवाल–जफावसमेत हुने गर्दथे।

सासु - ‘उठोउठो रे ढिया रे पठोरी उठो ढिकी कुट हली 

मुर्गा बाँग छोडल उठो हली’ 

(प्यारी लाडली बुहारी बिहानीको उज्यालो हुनैथाल्यो, कुखुराले डाँको छाड्न थाल्यो ढिकी कुट्न उठ)

बुहारी - ‘कहना त कहलो सासु, कामके बात कहलो

नानु बलुखा दूधनै छोअरि हो मै कैसे उठजाउ’

(उठ्नका लागि भन्यौँ सासु, कामको कुरा हो, सानो बालकले दूध खान थालेको छ, छोडिराखेको छैन कसरी उठु)

यस्ता प्रकारले गीतमै सवाल–जफाव हुने गरेको डगौराले बताए। “गीतकै बोल सुन्दा बुहारीलाई कति दुःख हुन्थ्यो, यसैबाट थाहा हुन्छ”, उनले भने। घरका बुहारीलाई ढिकी कुट्न निकै कष्ट थियो। हाल आधुनिक मिलहरु गाउँ–गाउँमा आएपछि निकै सहजता भएको उनको भनाइ छ। “हाल विद्युत् नभएका बेला मिल सञ्चालन नहुँदा पर्खनुपर्दछ”, उनले भने, “त्यो बेला परनिरर्भता भने थिएन। आफ्नै घरमा ढिकी हुन्थ्यो। जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिन्थ्यो।

मिलमा लाग्ने खर्चसमेत बच्ने गर्दथ्यो। जीवनशैली सहज भएसँगै खर्चसमेत बढेको छ।” ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा,  धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको उनले बताए। बलियो काठ सान्नानलगायत पाउनै छाडेपछि ढिकीको प्रचलन विस्तारै हराउँदै गएको उनको भनाइ छ। पहाडी समुदायले ढिकी र ओखल दुवै धान कुट्नका लागि प्रयोगमा ल्याउने गरेका थिए। कुनै परिवारको घरका पालीमा ढिकी र कुनैको आँगनको कुनामा धान कुट्नका लागि ओखल बनाइएको हुन्थ्यो। हाल धान कुट्न प्रयोग हुने दुवै छैनन्।

“बलियो काठको ओखल बनाउने गरिन्थ्यो”, कलावती बोहराले भनिन्, “मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो। महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे। ओखलअनुसार दुई र एक मुसलको प्रयोग हुन्थ्यो। ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरासमेत बनाइन्थ्यो। जुन खानमा निकै मीठो हुन्थ्यो।” हाल ओखल प्रचलन छैन। यसको प्रचलन हटेपछि मिलमै धान कुट्ने गरिँदै आएको उनको भनाइ छ। ढिकी र ओखलको प्रचलन यहाँका ग्रामीण क्षेत्रमा मात्रै नभएर निकटवर्ती भारतीय क्षेत्रमा समेत प्रचलनमा रहेका थिए।

ढिकी र ओखल यहाँका बासिन्दाको पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। “ढिकी र ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ”, धर्मानन्द जोशी भन्छन्, “नयाँ पुस्ताले यस्ता वस्तु तथा पूरा काठका यन्त्रबारे जानकारी पाउँछन्। पर्यापर्यटनलाई समेत बढावा दिन सकिन्छ।”  रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार