मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

कोठामा थुनेर वर्षौंदेखि राखिएकी जानकीको उद्धार

Desh Pradesh News 1+ समाचार ( )
१६ कार्तिक २०८१, शुक्रबार

झापा वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको बिहीबार उद्धार गरिएको छ ।

नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो । वर्षौँ देखि अलग्गै बनाइएको कच्ची घरको कोठामा थुनेर राखिएकी बाँनियाको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाइएको छ । 

चौध–पन्ध्र वर्षको उमेरदेखि नै मानसिक सन्तुलन गुमाएकी जानकीलाई कोठामा थुनेर राखिँदै आएको थियो । थुन्दै आएको कोठाबाट बाहिर आउँदा जानकीको खुसीको ठेगानै थिएन । 

नगरपालिकाका नगर प्रहरीले थुनेको कोठाबाट बाहिर निकालेपछि जानकीले बोल्न चाहे पनि थोरै मात्रै बोल्न सकिन् । पर्याप्त आहारको कमीले गर्दा पूरै शरीर गलेकाले बोल्न नसकेको जनाइएको छ । 'कक्षा ६ मा पढ्दै गरेका बेला मानसिक सन्तुलन बिग्रिएपछि उपचार गराउन लग्यौँ,' जानकीका बुबा पुरन बाँनियाले भने, 'औषधि सेवन गरेपछि केही महिना ठीक भइन्, ठीक भएको ठानेर औषधि गर्न छाडेपछि पुरानै अवस्थामा फर्किइन् ।'

त्यसपछि धामी, झाँक्री सबै कहाँ पुर्याएर उपचार गराउँदा पनि ठीक नभएपछि कोठामा थुनिँदै आएको उनले बताइन् । 'कोठामा नथुने जहाँ पायो त्यहीँ हिँडिदिने, जे पायो त्यही कुरा खाइदिने, शरीरमै दिसापिसाब गरिदिने, हातमा जे पर्यो त्यहीले हिर्काउने भएकाले थुन्न बाध्य भयौँ,' उनले भने । 

जानकीलाई नगरपालिकाले पूर्ण अपाङ्गता भत्ताको रकम उपलब्ध गराउँदै छ । परिवारका सदस्यले भत्ताको रकम बुझ्ने तर पोषणयुक्त खानेकुरासँगै व्यक्तिगत सरसफाइमा ध्यान नदिने, औषधोपचार नगर्ने गरेको जानकारी पाइएपछि मानव सेवा आश्रम पुर्याउनु परेको नगर उपप्रमुख पन्तले बताइन् । 

 जानकीलाई थुन्ने गरिएको कोठा दुर्गन्धित र असुरक्षित अवस्थाको रहेको उनको भनाइ छ । मानव सेवा आश्रममा जानकीलाई तीन महिना राखिने भएको छ । त्यसपछि परिवारको जिम्मा लगाई उपचार गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै