मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

नवीनलाइ अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

                                                                  साङ्केतिक तस्विर

झापा झापाका एक व्यक्तिलाई अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी वडा नं. ३ बस्ने ३२ वर्षीय मनोज बुढाथोकी,सर्लाही लालबन्दी वडा न.४ बस्ने २२ वर्षीय जेनिश चौधरी, चितवन राप्ती नगरपालिका वडा न. २ बस्ने २४ वर्षीय अमित ओली , काभ्रेपलान्चोक भुम्लु वडा न. ८ बस्ने २३ वर्षीय देवकुमार श्रेष्ठ , मकवानपुर बाग्मती वडा नं. ५ फापरबारी बस्ने २० वर्षीय निशान रुम्बा तामाङ, ओखलढुङगा लिखु वडा न. ५ बस्ने २४ वर्षीय निमेश कार्की र अर्घाखाची मालारानी वडा नं. ३ बस्ने २२ वर्षीय प्रदिप पोखरेल रहेकाे काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार झापा शिवसताक्षी नगरपालिका वडा नं १० माईधार घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. २६ मित्रनगर बस्ने नविन रायालाई बिहीबार अपरिचित ५/६ जनाको समूहले अपहरण गरेका थिए । उनलाई कुटपिट समेत गरी अपहरणकर्ताबाट पीडित परिवारसंग १८ लाख रुपैयाँ फिरौती माग गरिएको थियो । त्यसबारे गोप्य सूचना काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त भएको थियो ।

त्यस कार्यालयबाट तत्काल पीडितको उद्दार गरि अपहरणकर्तालाई नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको थियो । त्यस कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ ६ः३० बजे काठमाडौं नागार्जुन वडा नं. ५ छग्डोलबाट अपहरण भएका रायालाई सकुशल उद्धार गरेको थियो ।

घटनामा संलग्न उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि शुक्रबार  काठमाण्डौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान कार्य जारी रहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार