मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

अर्जेन्टिनाका राष्ट्रपतिमाथि ढुंगा र बोतल प्रहार

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

अर्जेन्टिनाका राष्ट्रपति जाभियर माईलीलाई मध्यावधि निर्वाचन प्रचारका क्रममा आक्रमण भएपछि सुरक्षा निकायले सुरक्षित स्थानतर्फ लगेका छन् ।

बएनोस आयर्सको लोमास दे जामोरामा चुनावी अभियानका क्रममा  गाडीको पछाडिबाट हात हल्लाइरहेका बेला माईलीमाथि प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरेका थिए। कम्तीमा एक ढुंगा गाडीको बोनटमा लागेको र अरू वस्तुहरू पनि उनको टाउकोमाथि फ्याँकिएको देखिएको बताइन्छ ।

घटनापछि उनका समर्थक र विरोधीबिच धक्का-मुक्की भएको र एक समर्थकको छातीमा चोट लागेको एएफपी समाचार एजेन्सीले जनाएको छ। तर राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुअल अडोर्नीले भने कसैलाई गम्भीर चोट नलागेको बताएका छन् ।

घटनापछि राष्ट्रपति माईलीले सामाजिक सञ्जालमा आफ्नो ‘थम्ब्स अप’ फोटो पोष्ट गर्दै विपक्षीलाई हिंसामा संलग्न भएको आरोप लगाएका छन्। उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो।

माईली त्यतिबेला आफ्नी प्रमुख सल्लाहकार तथा बहिनी करिना माईलीसहित अभियानमा सहभागी थिए। उनले समर्थकसँग भेटघाट गर्दै पुस्तकमा हस्ताक्षर गरिरहँदा आक्रमण भएको हो।

राष्ट्रपति कार्यालयले ढुंगा र बोतल फ्याँक्नेहरू विपक्षी दलका समर्थक भएको दाबी गरेको छ। लोमास दे जामोरा परम्परागत रूपमा विपक्षी पेरोनिस्टहरूको गढ मानिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार