मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

ओली र रमेश लेखक पक्राउ गर्ने तयारी, सुरक्षा निकाय अलर्ट

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

झापा / पपूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा सरकार तीव्र छलफलमा जुटेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।

उक्त आयोगले आन्दोलनका क्रममा भएको दमनमा संलग्न ठहर गर्दै ओली र लेखकसहितका उच्च पदस्थ व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो।

सरकारको निर्देशनपछि गृहमन्त्रीले सुरक्षा निकायसँग लगातार छलफल गरिरहेका छन् भने प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ। तर, प्रहरीले भने पक्राउ प्रक्रिया अघि बढाउन लिखित आदेश आवश्यक पर्ने भन्दै सरकारसँग औपचारिक निर्देशन मागेको जनाएको छ।

स्रोतका अनुसार, लिखित आदेश प्राप्त भएपछि मात्र पक्राउ प्रक्रिया अघि बढ्नेछ। यसबीच ओली निवास आसपास प्रहरी परिचालन गरिएको र सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस घटनाले देशको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ भने सम्भावित पक्राउले थप राजनीतिक तनाव बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार