मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

विद्यार्थी पिट्ने शिक्षक भण्डारी निलम्बित

देश प्रदेश डेस्क 5363+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

झापा झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा-७ मा अध्ययनरत विद्यार्थीहरुलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ ।

सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिए ।

उनका अनुसार एक महिनाभित्र उनले समितिमा लिखित स्पष्टीकरण दिनु पर्नेछ । स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने तिवारीले बताए ।

विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेपछि हिजो बिहान आन्दोलित अभिभावकहरू साम्य भएका थिए ।

हिजो बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा उनले माफी माग्दै घाइते विद्यार्थीहरुको उपचार गरिदिने सहमति जनाएका थिए ।

विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो ।

आइतबार उनले कक्षा ७ का विद्यार्थीहरूलाई रबरको पाइपले पिटेका थिए । विद्यार्थीहरूको शरीरमा नीलडाम बसेको छ । एकजना विद्यार्थी अस्पताल भर्ना भएका थिए । झापा टुडेबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै