मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

पत्रकार महासंघ झापामा निर्वाचितहरुलाई पद हस्तान्तरण

देश प्रदेश डेस्क 5490+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनमा निर्वाचितहरुलाई पद हस्तान्तरण गरिएको छ ।

नवनिर्वाचित महासंघका पदाधिकारीहरु, प्रदेश परिषद् सदस्य र राष्ट्रिय परिषद सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
निर्वाचन समिति संयोजक शिरो साइन्दाई (शिरोमणि खतिवडा)ले नवनिर्वाचित समितिको नाम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।

महासंघ झापा शाखाले निर्वाचन समितिलाई कदरपत्र प्रदान गरेको थियो । निर्वाचन समिति संयोजक खतिवडासहित निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, लक्ष्मी खनाल कोइराला र प्राविधिक प्रमुख विगम श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको हो ।महासंघ झापा शाखाको सम्पन्न निर्वाचनमा सचिव पदमा राजु पाठक र प्रदीप परियारको मत बराबरी आएपछि गोलाप्रथाबाट पहिलो कार्यकाल पाठक र दोस्रो कार्यकाल परियारले सञ्चालन गर्ने भएका छन् ।

त्यस्तै ३६ औं स्थापना दिवसको अवसरमा सञ्चारकर्मी डायरी विमोचन गरिएको छ ।बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवस मनाएको हो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका थिए । प्रमुख अतिथिसमेत रहेका भण्डारीले महासंघ झापामा आवद्ध २२० संचारकर्मीको व्यक्तिगत विवरणसहितको सञ्चारकर्मी डायरीको विमोचन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । सो अवसरमा झापा शाखालाई उत्कृष्ट बनाउन प्राविधिक सहयोग पुर्याएको भन्दै सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया, महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीसहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्विका भण्डारी, कोषाध्यक्ष विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य दीपिन राई, पत्रकार राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदिप परियार, शम्भुजीत दाहाल, लीला अनमोललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन डिकेश लामा र राजु पाठकले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार