मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

मेचीनगरमा विद्यालय हाताभित्र माेवाइल प्रतिबन्ध लगाउन सराेकारवालाकाे माग

देश प्रदेश डेस्क 5494+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

झापाा । मेचीनगरमा शैक्षिक गुणस्तर सुधार्ने हाे भने पहिलाे काम विद्यालय हाताभित्र माेवाइल प्रतिबन्ध गर्नु पर्ने सराेकारवालाहरूले आज आयोजित एक कार्यक्रममा जाेडदार माग गरेका छन् ।

आज मेचीनगर-२,भृकुटी स्थित भानु माविमा बाहुनडाँगी नागरिक समाजले आयोजना गरेकाे सामुदायिक विद्यालयमा देखिएका समस्या र समाधानका उपायका बारेमा सराेकारवालासँग छलफलमा शिक्षक र विद्यार्थीहरूले विद्यालय पस्दा माेवाइल लान नपाइने नियम बनाउन आग्रह गरिएकाे छ ।

भर्खरै एसइईकाे नतिजाले चिन्तामा रहेका मेचीनगरका विद्यार्थी, शिक्षक र अभिभावकहरूले शैक्षिकस्तर सुधार्न छलफलहरू भइरहेका छन् । यसमा स्थानीय सरकार पनि गम्भीर बन्नु पर्ने सराेकारवालाहरूकाे भनाई छ ।

सरस्वती माविका पूर्व प्रधानाध्यापक प्रेम क्षेत्रीले विद्यालयमा विद्यार्थी पस्दा कम्पाउण्ड भित्र माेवाइल लान नपाउने र शिक्षकहरूले पनि विद्यालय समयभरि दराजमा राख्न सके  शैक्षिक क्षेत्रमा केही मात्रमा सुधार हुने दावी गरे ।

´विद्यार्थीले कति सिके भन्दा पनि शिक्षकले कति पढाए वा बुझाउन सके त्यसमा भर पर्छ`, क्षेत्रीले भने-´शिक्षककाे समय १० वजेदेखि ४ वजेसम्म मात्र हाेइन । शिक्षककाे याेगदान धेरै हुन्छ । शिक्षक मरेर जाँदा पनि नाम शिक्षक रहिरहन्छ ।`

कार्यक्रममा दिपेन्द्र आधारभुत विद्यालयकी प्रधानाध्यापक शान्ता निरौला, कृष्ण आधारभुत विद्यालयका प्रधानाध्यापक राजन गिरी, मेची जनासाधारण माविका प्रधानाध्यापक  चन्द्रशेखर गुरागाई,
मेचीनगर-१ का स्थानीय सूर्य राई, शिक्षकहरू पुष्कर ढकाल, विष्णु अधिकारी, टेकचन्द्र फुयाँल, पूर्व शिक्षक हरि न्यौपाने, पूर्व प्रधानाध्यापक सोम आचार्य, विशालकृष्ण बाँस्तोला, भानु मावकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, मेचीनगर-२ का वडाध्यक्ष दिपक बराल, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

सामाजिक अभियन्ता गोविन्द न्यौपाने र भानु माविका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र ढुंगानाले सामुदायिक विद्यालयका समस्या र तिनका समाधानका उपायहरुका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बाहुनडाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत काेषाध्यक्ष चन्द्रप्रसाद ढकालले तथा सञ्चालन महासचिव पोषककुमार दर्जी र ज्ञानेन्द्र ढुंगानाले संयुक्त रूपमा गरेका थिए ।

यसैबिच छलफलले वडा नम्बर १, २, ३ र ४ का १३ वटा विद्यालयकाे संयुक्त कार्यदल समिति बनेकाे छ ।

मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईकाे संयाेजकत्वमा मेचीनगरमा शैक्षिक गुणस्तर सुधार्न सबै खालका प्रयत्न गरिने गरि समिति निर्माण भएको अध्यक्ष तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार