मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

बीपी प्रतिष्ठान उपमहानगरमातहत सञ्चालन गर्न धरानका मेयर राईको माग

देश प्रदेश डेस्क 5494+ समाचार ( )
२३ अशोज २०८०, मङ्गलबार

झापा । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान उपमहानगरपालिकाको मातहतमा सञ्चालनको अनुमति दिन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै राईले प्रतिष्ठानलाई धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरी उपमहानगरपालिकाको मातहतमा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

‘बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गहनाको रुपमा रहेकाले प्रतिष्ठानबाट प्राप्त हुने सेवा नगरपालिकासँग प्रत्यक्ष सरोकार राख्ने भएको हुँदा प्रतिष्ठानमा आएका समस्याहरु समाधान गर्न सम्बन्धित माथिल्लो निकायबाट तुरुन्तै आवश्यक कदम चाली विद्यमान समस्याहरु हल गर्न अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ, ‘अन्यथा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरी उपमहानगरपालिकाको मातहतमा सञ्चालन गर्ने व्यवस्थाका लागि जोडदार माग गर्दछौं ।’

साथै मेयर राईले  विभिन्न मागहरु राखि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले पटक पटक आन्दोलनको कार्यक्रमहरु तय गरी स्वास्थ्य संस्थामा भईरहेको आन्दोलनले  बिरामीहरु समस्यामा परी उपचारबाट बन्चित भइरहेको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार