मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

इलाममा आमा छोराको एकैदिन मृत्यु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

                                                                                                                               साङ्रकेतिक तस्वीर

झापा । आमा छोराको इलाममा एकैदिन मृत्यु भएको छ ।

आमाको लडेर मृत्यु भएको हो भने छोराले झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ । । आज बिहान ६ः३० बजे इलाम सन्दकपुर–४ सोमबारे बस्ने ओमभक्त सिवाकी श्रीमती ५७ वर्षीया मनमाया सिवा आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिण बाटोमा उतानो परी मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी माबुबाट प्रहरी नायव निरीक्षक बेदबहादुर खड्काको टोली खटिएको थियो । मृतकमा बाहिरी चोट देखिएको छैन । उनले मादक पदार्थ सेवन गर्ने गरेकी थिइन् ।रुघा मर्कीको बिरामी भई धामीकोमा जाँदै गर्दा मृत फेला परेको बुझिएको छ । अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा टोली खटिएको छ ।

त्यस्तै आज दिउँसो अन्दाजी १२ः१५ बजे मनमायाका छोरा सन्दकपुर ४ घर भई इलाम नगरपालिका –७ नबिन चौकस्थित बिष्णु के.सी.को घरमा भाडा लिई बसेका ३३ वर्षीय कमल सिवाले झुन्डिएर आत्महत्या गरेका छन् । घर कोठामा कोही नभएको समयमा कोठा बन्द गरी छानाको काठको बलोमा प्लास्टिकको डोरीको पासो लगाई उनी झुन्डिएका हुन् । जिल्ला प्रहरी कार्यालय इलाममा खबर प्राप्त हुनसाथ अनुसन्धान तथा कानुनी प्रकृयाको लागि प्रहरी निरीक्षक बोगटीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । दुबै लाशको कानुनी प्रकिया पुरा भएर शव जिल्ला अस्पताल इलाम पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै