मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

जङ्गलकाे डढेलाे बस्तीमा पस्दा ६ घरगोठ जलेर नष्ट

देश प्रदेश डेस्क 5491+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

झापा ।  गुल्मीको गुल्मी दरबार गाउँपालिका- ५ मा जङ्गलकाे डढेलाे बस्तीमा पस्दा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन् भने एउटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिका–५, डाँडापोखरीस्थित खरबारी र जंगलमा लागेको आगोले रविन ढकालको तीन तले घर, दुई तले गोठ र रिता ढकालको एक तले गोठ आगलागीबाट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिका–७ ढुंगे देउरालीका स्थानीयको खरबारी र जंगलमा लागेको डढेलाे बस्तीमा सल्किँदा पुतली कार्कीको घरलाई पनि आंशिक क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार कार्कीको घरको एउटा कोठामा क्षति पुगेको छ भने एउटा बाख्रा खोर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

त्यस्तै, नरेन्द्र शर्मा ज्ञवालीको घरमा आंशिक क्षति पुगेको छ भने लु ४५ प ३६३ नम्बरको मोटरसाइकल पनि जलेर पूर्ण रुपमा नष्ट भएको  जानकारी आएकाे छ ।

बजारमारे हर्रा रुखका सुवास खत्रीको गोठ र गोठमा रहेको एउटा भैंसी, ३ वटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँकै लुरीकुमारी बस्नेतको गोठसँगै एउटा भैंसी पनि जलेको छ ।

प्रहरीका अनुसार लक्ष्मी बस्नेतको २ तले खाली गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ । अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि जंगलमा लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार