मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

बस दुर्घटनामा १५ जना घाइते

देश प्रदेश डेस्क 5495+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा । नारायणघाट–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दुर्घटना भएपनि साे बस त्रिशुली नदीमा खस्नबाट जोगिएको छ।

आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका –२९ घुमाउनेमा यात्रुबाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो ।

सडकको करिब एक सय मिटर तल त्रिशुली नदी छ । बस दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी भेषराज रिजालले जानकारी दिए। उनीहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको उनले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे उनकाे भनाइ छ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस आफैँ अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि उक्त स्थानमा बाटो एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै