मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त

भेषराज नेपाल 157+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

झापा / लगातारको वर्षासँगै आएको बाढीपहिरोले गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने विभिन्न स्थानमा सडक, पुल, घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो चार दिनको वर्षापछि आएको विपद्मा देशभर २१ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका म्याग्दीमा ६, बागलुङमा ५, पाल्पामा ४ र मनाङमा २ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

बाढीपहिरोका कारण गण्डकी प्रदेशका विभिन्न सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ । बेनी–जोमसोम, जोमसोम–कोरला, डुम्रे–बेँसीसहर तथा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो र बाढीले आवागमन अवरुद्ध पारेको छ ।

पर्वतको कालीगण्डकी नदीमा आएको बाढीले मिर्मीस्थित गुल्मी र स्याङ्जा जोड्ने करिब ५० मिटर लामो पक्की पुल बगाएको छ । पुल बगाएपछि उक्त क्षेत्रको सडक सम्पर्क विच्छेद भएको छ ।

म्याग्दीमा बेनी–बागलुङ सडकखण्डबाहेक जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले गण्डकी प्रदेशमा ६ वटा पुल पूर्ण रूपमा र दुईवटा पुलमा आंशिक क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ ।

प्रदेश प्रहरीका अनुसार १७९ घर पूर्ण र २६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने थप २७० घर जोखिममा परेका छन् । बाढीपहिरोमा परी कम्तीमा ४४ पशु मरेका छन् ।

विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारलगायत क्षेत्रमा फसेका ७८ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

यसैगरी पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन सडक विभाग तथा सम्बन्धित निकायले उपकरण र जनशक्ति परिचालन गरेका छन् । तर नदीको बहाव, सडक कटान र पहिरोका कारण केही स्थानमा तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

प्राधिकरणका अनुसार देशभर बाढीपहिरोबाट ७४७ परिवार प्रभावित भएका छन् । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, बेपत्ताको खोजी गर्ने तथा क्षतिको विवरण सङ्कलन गर्ने काम जारी छ ।

वर्षा र बाढीको प्रभाव अझै पूर्ण रूपमा नहटेकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका बस्तीमा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार