मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

झापा जिल्लास्तरीय डोरीतान प्रतियोगिताको उपाधि कचनकवललाई

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

झापा । झापामा पहिलोपल्ट आयोजित डोरीतान प्रतियोगिताको उपाधि कचनकवल गाउँपालिकाले जितेको छ ।

झापा जिल्ला डोरीतान संघद्वारा आज बिर्तामोड– ३ बिर्ताबजारस्थित अनारमनी पव्लिक क्याम्पसको खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई २–१ ले पराजित गरी कचनकवलले उपाधि जितेको हो । पहिलो सेट कचनकवलले जितेको थियो भने दोस्रो सेट बुद्धशान्तिले जित्दै बराबरी गरेको थियो । फेरि तेस्रो सेट कचनकवलले जित्दै २–१ ले उपाधि जितेको हो ।

विजेता कचनकवलले नगद ३१ हजार , ट्रफी , मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुद्धशान्तिले नगद २१ हजार , ट्रफी , मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा कचनकवल , बुद्धशान्ति ,गौरादह, हल्दिवारी ,मेचीनगर , भद्रपुर ,बिर्तामोड, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९ टीमको सहभागिता रहेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेकोमा उनी उपस्थित भएनन् । आयोजकले प्रतियोगितामा १९ वटा टीम सहभागी हुने जनाएको थियो । झापामा पहिलो पटक डोरीतान प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार