साङ्केतिक तस्विर
झापा । चट्याङ् लागेर झापामा एककाे ज्यान गएकाे छ । घटनामा भाेजपुर अामचाेक ९ घर भइ झापा गाैरीगञ्ज ३ मा वस्ने ३० वर्षीय बलबहादुर श्रेष्ठकाे ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार गाैरीगञ्ज ३ सयपत्री टाेलमा चन्द्रमाया श्रेष्ठकाे घरमा डेरी गरी बस्ने श्रेष्ठ मङ्गलबार विहान साढे ६ बजे खेतमा काम गर्ने क्रममा पानीसँगै परेकाे चट्याङ् लागेर घट्नास्थलमा नै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।