मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

झापामा लापसे र मापसे गर्ने ७ जना चालक पक्राउ

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१६ आषाढ २०८३, मङ्गलबार

                                                                                        फायल तस्विर

झापा ।  ट्राफिक चेकजाँचलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कडा बनाएको छ ।  लागूपदार्थ र मादक पदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालकलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित मेची राजमार्गको कालीखोलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोष्ट बुधबारे र महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे झापाको संयुक्त सहकार्यमा चालकहरुको लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच गरिएको थियो ।

दुई पांग्रे, चार पांग्रे, ट्याक्टरका गरी २ सय सवारी साधनका चालकहरुलाई ब्रेथलाईजरद्वारा चेकजाँच गर्दा ५ जना चालकहरुले मादक पदार्थ सेवन गरेको पाइएको थियो । त्यस्तै शंका लागेका २९ जना चालकहरुको लागूपदार्थ सेवन किटमार्फत चेकजाँच गर्दा दुईजना चालकहरुले लागूऔषध सेवन गरेको पाइएको थियो ।

लागूपदार्थ सेवन गरेको पुष्टि भएका चालकहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

उनले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गराई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नको लागि चेकजाँच कार्यक्रम गर्ने गरिएको कार्यालय प्रमुख राईले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार