मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

कार्की मृत्यु प्रकरणका आरोपित वडाध्यक्ष भट्टराईसहित तीनजना धरौटीमा रिहा

देश प्रदेश डेस्क 5339+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

झापा झापा कमल ६ का अनिल कार्कीको मृत्यु प्रकरणमा पक्राउ परेका सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टरार्ईसहित तीन जना धरौटीमा रिहा भएका छन् ।

आत्महत्या दुरुत्साहनको मुद्धामा किटानी जाहेरी परेपछि पक्राउ परेका वडाध्यक्ष भट्टराई ८० हजार तथा मृतक कार्कीकी पत्नी चाहना पोखरेल र ससुरा पुण्यप्रसाद पोखरेल जनही डेढ लाख रुपैयाँका दरले धरौटी राखेर रिहा भएका हुन् ।

झापा जिल्ला अदालतका न्यायाधीश भिमबहादुर निरौलाको इजलासमा बुधबार भएको थुनछेक बहसपछि सो आदेश भएको झापा जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले जानकारी दिए । अदालतले तोेकेको धरौटी बुधबार नै सम्बन्धित व्यक्तिहरुबाट दाखिला भएको उनले बताए । धरौटी बुझाएसँगै उनीहरु रिहा भएको इलाका प्रहरी कार्यालय दमकले बताएको छ ।

कमल ६ स्थायी घर भई जिल्ला वन कार्यालय पाँचथरमा कार्यरत कार्की गएको दशैं बिदामा घर आएको समयमा महानवमीको दिन पारिवारिक विवाद हुँदा वडाध्यक्ष भट्टराई , कार्कीकी पत्नी चाहना र ससुरा पुण्यप्रसाद पोखरेलले कुटपिट गरेको र सोही कारण उनले दशैंको अन्तिम दिन आत्महत्या गरेको आरोप लागेको हो । कार्कीका बहिनी, मामालगायत उनका शुभचिन्तकहरुले कार्कीले न्याय नपाई मर्नु परेको भन्दै न्यायको मागसहित दमकमा उनको शवसहित प्रदर्शन गरेका थिए भने इलाका प्रहरी कार्यालय दमकमा उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीले वडाध्यक्ष भट्टराईसहित घटनामा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि मात्रै कार्कीको शव बुझेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार