मुख्य समाचार
मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित |

जग्गा हडप्न आफै लागिन सप्तरीकी वडाध्यक्ष । अख्तियारमा उजुरी परेपछि गल्ति स्विकार
सप्तरीमा घर भएकाे जग्गालाई घर नभएकाे सिफारिस गरिन वडाध्यक्षले, अख्तियारले थाल्यो अनुसन्धान

देश प्रदेश डेस्क 5246+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

झापा /  सप्तरीको रूपनी गाउँपालिका–१ की वडाध्यक्ष लीला यादवले  घर भएको जग्गालाई ‘घरधुरी नभएको’ भन्दै झुटो सिफारिस दिएकी छिन् । आफ्नै श्रीमानसहितको समूहलाई आर्थिक लाभ पुर्‍याउने उद्देश्यले उनले गलत विवरण प्रमाणित गरेको आरोप लागेको कारण अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेकाे छ ।

साबिक गाउँ विकास समिति नकटीरायपुर–८ (हाल रूपनी–१) अन्तर्गत पर्ने बहुमूल्य जग्गामा घर हुँदाहुँदै पनि ‘अस्तित्वमै नभएको’ उल्लेख गर्दै सिफारिस गरेकी थिइन्।

आयोगको इटहरी कार्यालयले सोमबार रूपनी पुगेर स्थलगत मुचुल्का उठाएको छ । आयोगले उजुरी दर्ता नम्बर सी–०४२८०७ कायम गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

साबिक नकटीरायपुर–८ (ख) को कित्ता नम्बर १६९५ मा विना थापा र रचनासिंह थापाको नाममा रहेको एक बिघा साढे ४ धुर जग्गामा आवासीय घरहरू रहेका छन् । तर उक्त जग्गालाई आफ्नो समूहको नाममा नामसारी गर्न सहज बनाउने उद्देश्यले वडाध्यक्ष यादवले ‘घर नभएको’ भनी सिफारिस दिएको आरोप छ ।

गत माघ ७ गते वडाध्यक्ष यादवले भूमिसुधार तथा मालपोत कार्यालयलाई चलानी नम्बर ७७७ को पत्रमार्फत उक्त जग्गामा घर नभएको र १० फिटको पक्की बाटो रहेको उल्लेख गर्दै सिफारिस गरेकी थिइन् ।

अनुसन्धानका क्रममा वडाध्यक्षका श्रीमान् पीताम्बर यादवसहित परिवारका सदस्यहरूको नाममा विभिन्न कित्तामा जग्गा गएको विवरण पनि खुलेको छ ।

सम्बन्धित जग्गाहरू क्रमश: कित्ता नम्बर २०८६, २०८७, २०८८, २०८९, २०९०, २०९१ र २०९२ मा विभाजन गरी नामसारी गरिएको पाइएको नागरिक अभियन्ता राजु जैसवालले बताए । वडाध्यक्ष यादवले शक्तिको दुरुपयोग गर्दै सरकारी कागजात किर्ते गरेको र राज्यको राजस्व हिनामिना गरेको आरोप समेत जैसवालले लगाए ।

वडाध्यक्षले स्वीकारिन् गल्ती

जानीजानी जग्गा हडप्ने षडयन्त्र रच्ने वडाध्यक्ष यादव जव उजुरी पर्याे त्यसपछि आफ्नो सिफारिसमा त्रुटि भएको स्वीकार गर्दै माघ २१ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्र लेखेकी छन् ।

उक्त पत्रमा ‘भुलबस घर नभएको सिफारिस गरिएको’ उल्लेख गर्दै वास्तविक अवस्थाअनुसार प्राविधिक मूल्यांकन गर्न रूपनी गाउँपालिकालाई अनुरोध गरिएको जनाइएको छ ।

त्यसपछि मालपोत कार्यालय सप्तरीले उक्त जग्गा रोक्का राख्ने निर्णय गरेको छ ।

यसरी सुरु भयो जग्गा हडप्ने प्रक्रिया

विसं २०३० सालमा रूपनी बजार स्थापना भएको थियो । त्यसबेला तत्कालीन नकटीरायपुर गाउँ विकास समितिले बजार व्यवस्थापनका लागि काठमाडौं–१ निवासी अगम शमशेर थापाको नाममा रहेको साबिक वडा नं. ८ (ख) को कित्ता नम्बर १६९५ को एक बिघा साढे ४ धुर जग्गाको मुआब्जा प्रदान गरेको थियो ।

पछि उक्त जग्गा प्लटिङ गरी स्थानीयलाई व्यापारका लागि उपलब्ध गराइएको थियो । केही भागमा हाटबजार र शिव मन्दिर समेत रहेको स्थानीय बताउँछन् ।

जग्गाधनीले मुआब्जा पाइसकेपछि २०३७ सालमै तत्कालीन गाविस अध्यक्ष मुहसहरू यादवको सक्रियता सो जग्गा रोक्का गराइएको थियो । तर हालका रूपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले २०८२ पुस २९ गते सो जग्गा फुकुवा गर्न मालपोत कार्यालयलाई सिफारिस गरेका थिए ।

त्यसपछि वर्षौंदेखि रोक्का रहेको उक्त जग्गा २०८२ माघ ९ गते व्यक्तिको नाममा नामसारी भएको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार