मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

जंगली हात्तीको आक्रमणबाट बिर्तामोडमा एक जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार

झापा / झापाकाे विर्तामाेड नगरपालिका वडा नं. ७ मा जंगली हात्तीले आक्रमण गर्दा एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

आज बिहानको राति ३ बजेतिर जंगली हात्तीको आक्रमणबाट बिर्तामोड ७ फक्तालुङ्ग निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

आफ्नै घरमा रहेका लिम्बू शौचालय जाने क्रममा हात्तीसँग जम्काभेट भई आक्रमण गरेको स्थानीयवासीहरुले बताएका छन् ।अचानक एउटा जंगली हात्तीले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको र सो हात्ती दक्षिण दिशातर्फ भागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अनुसन्धान र आवश्यक कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यलय अनारमुनीबाट टाेली खटिएर घटनास्थल गएकाे र कानुनी प्रकृया पुरा गरि शवलाई पाेस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकाे जानकारी दिएकाे छ ।

यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।योसंगै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा ६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार