मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

मेनुकालाई सम्मान गर्न हल्दीबारीबासी प्रतीक्षामा

देश प्रदेश डेस्क 5495+ समाचार ( )
५ पौष २०८०, बिहीबार

झापा । भारतको चर्चित शो इन्डियन आइडलमार्फत विश्वभरका दर्शक र स्रोताको मन जितिरहेकी मेनुका पौडेललाई सम्मान गर्न हल्दीबारीबासीहरु व्यग्र प्रतीक्षामा छन् ।

  गाउँपालिका वडा नं ४ जलथल बडावारी निवासी मेनुकाले इन्डियन आइडलमा पाइरहेको सफलताबाट गौरवान्वित र हर्षित भएका स्थानीयवासीले उनलाई स्वागत सम्मान गर्ने तयारी थालेका छन् ।‘हाम्री चेली मेनुकालाई इन्डियन आइडलमा भाग लिनुभन्दा अघि नै हामीले नगदसहित सम्मान गर्ने कार्यक्रम राखेका थियौं’हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले भने,‘झन् इन्डियन आइडलमा उहाँले गौरवमय इतिहास रचिरहँदा कतिबेला सम्मान गरौंजस्तो हतारो भइरहेको छ ।’ आफ्नै गाउँकी चेलीले यसरी विश्वभर आफ्नो विलक्षण प्रतिभाले कीर्तिमान राख्दै गएकोमाहल्दीबारीबासीहरु गौरवान्वित भएको उनले बताए ।

मेनुकाले इन्डियन आइडलको उपाधि जित्नेमा आफूहरु विश्वस्त रहेको बताउँदै अध्यक्ष लिङ्देनले इन्डियन आइडलबाट फर्किएपछि गाउँपालिकाले उनलाई फूलमाला र अविरजात्रासहित भव्य सम्मान गर्ने कार्यक्रम राखेको जानकारी दिए ।  गाउँपालिकाले मेनुकालाई सानैदेखि प्रोत्साहन गर्दै आएको छ ।‘मेनुकाको हरेक कार्यक्रममा म सहभागी भएको छु ’लिङ्देनले भने,‘उहाँको गायन र आत्मविश्वास देखेर हामी चकित थियौ।’

१९ औँ एशियाली खेलकुदमा कांस्य पदक जित्ने नेपाली महिला कबड्डी टोलीकी खेलाडी हल्दीबारीकी अनुजा कुलुङ राईसंगै मेनुकालाई सम्मान गर्ने गाउँपालिकाको कार्यक्रम थियो । बडादशैको अवसरमा आयोजित त्यस कार्यक्रममा मेनुका उपस्थित हुन सकिनन् । गाउँपालिकाले खेलाडी अनुजालाई ४५ हजार नगदसहित सम्मान गरेको थियो । गाउँपालिकाले मेनुकालाई नगदसहित सम्मान गर्न त्यतिबेलै बजेट छुट्याइसकेको अध्यक्ष लिङ्देनले बताए । उनले मेनुकालाई भोटिङका लागि गाउँपालिकाको पहलमा अभियान संचालन गर्ने जानकारी दिए । दुर्गा माध्यमिक विद्यालय गरामनीमा बसेर अध्ययन गरेकी मेनुकाले सानैदेखि गाउँमा भजन गाउने गर्थिन् । उनी बडावारीको पाथीभरा कीर्तन मण्डलीकी सदस्य हुन् । त्यही कीर्तन मण्डलीमा रहेर भजन गाउँदादेखि नै मेनुकाको भविष्य उज्ज्वल देखेको एकैठाउँमा घर भएकी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताइन् । ‘मेनुकाको गला राम्रो छ ,बोलीवचन,संस्कार राम्रो छ ’ उनले भनिन् ,‘सबैले माया गरेका छौं ,सहयोग गरेका छौं ,उनलाई जिताउन सक्दो सहयोग गर्छौं ।’

मेनुकालाई कार्यक्रममा चिनेका निर्णायक र अतिथिहरु जति भावुक बन्छन् , त्यसभन्दा धेरै स्थानीयहरु रोइरहेका छन् । बडावारीमा प्रोजेक्टरमार्फत मेनुकाको कार्यक्रम हेर्दा आफन्त र छरछिमेकलाई आँशु थाम्न गाह्रो परिरहेको उनलाई सानैदेखि चिनेका स्थानीय कृष्णसागर अंग्रेजी विद्यालयका संस्थापक योगेश कार्कीले बताए । उनले मेनुकाको कार्यक्रम हेर्नको लागि बडावारीमा प्रोजेक्टरको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार