मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

१८ घन्टामा ४० पटक दमकल प्रयोग भयो तर निभेन सिंहदरबारको आगो

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पछिल्लो १८ घन्टायता लगातार जलेको जल्यै छ।

नेपाली सेनाका फायर ब्रिगेडको दमकलले  सिंहदरबारको आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। यद्यपि सर्वत्र फैलिएकाले आगो नियन्त्रण प्रयास सफल हुन सकेको छैन।

‘दमकल बेलुकैदेखि खटिएको छ,’ सिंहदरबारका खटिएको नेपाली सेनाको फायर ब्रिगेडका एक जनाले भने ‘४० पटक पानी भरेर ल्याएर हालिसकेका छौं।

मंगलबार दिउँसोदेखि सुरु भएको आगजनीपछि खण्डहर बनिसकेको सिंहदरबारमा अहिले पनि धुँवाको मुस्लो छुटिरहेको छ।

अहिले सिंहदरबारको  पश्चिमी मोहडाबाट  धुँवाको मुस्लो छुटिरहेको छ। सिंह दरबारको मूल भवनको पश्चिमतर्फ अहिले धुँवाको मुस्लो देख्न सकिन्छ।

सिंह दरबारभित्रका अधिकांश मन्त्रालय तोडफोड भएका छन् भने गृह मन्त्रालय र उर्जा मन्त्रालय जलेर पूर्ण रुपमा नष्ट भएका छन्।

यसैगरी अनि अर्थ मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालयमा पनि आगजनी भएको छ।

सिंहदरबार भित्र मात्रै २० वटा मन्त्रालय छन्। सिंहदरबारभित्रका केही थोरै भवन मात्रै प्रयोगमा ल्याउन सकिने स्थिसत देखिएको छ।

यसैगरी रामशाह पथमा रहेको सर्वोच्च अदालत पनि अहिलेसम्म जलेको जल्यै छ। सर्वोच्च परिसरबाट पनि धुँवाको मुस्लो छु्ट्ने क्रम जारी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार