मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापामा सशस्त्र प्रहरीद्वारा लाखाैं मुल्य बराबरकाे कपडा बरामद

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

झापा । सशस्त्र प्रहरी बल सिमा सुरक्षा झापाले लाखाैं मुल्य बराबरकाे लत्ताकपडा बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापा, जिल्ला प्रहरी कार्यालय र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा ५१ पोका कपडा बरामद गरेको हो ।

मंगलबार उक्त टोलीले मेचीनगर–७ गैरीगाउँ र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट करिब ३८ लाख ३७ हजार ३२० रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डीएसपी तथा प्रवक्ता दिनेश कुटवालले जानकारी दिए । 
गैरीगाउँ र सालघारीमा ठुलो मात्रा भन्सार छलेर कपडा भित्राइएको सूचना पाए लगतै सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म काँकडभिट्टाको टोली सोमबार राती साढे ९ बजेदेखि सो क्षेत्रमा खटिएका थिए । 
सशस्त्रले गैरीगाउँबाट २२ पोका र सालघारीबाट २९ पोका कपडा बरामद गरेको हो । सीमा क्षेत्र, मकैवारि र एउटा घरबाट सो परिमाणका कपडा फेला परेको थियो । डीएसपी कटुवालका अनुसार  सशस्त्रले दुवै स्थानमा रातभरि सामानको सुरक्षा दिएर बसेको थियो भने आज बिहान प्रहरी र भन्सारसँगको सहकार्यमा  बरामद गरिएको सामान आवश्क कारबाहीकाे लागि मेची भन्सार कार्यालय काकरभिट्टा पठाएकाे जानकारी दिए । बरामद गरिएकाे  सामानमा कुर्ती, कुर्ता सुरुवाल, भेष्ट, पेन्टी, पाइन्ट, म्याक्सी, सटको थान कपडा, लुंगी, तन्ना, सुती साडी, गन्जी, ब्लाउज, पेटिकोट लगायतको रहेको छ । तस्करले मौका छोपी कपडा भित्राएको हुनुपर्छ । कसको सामान भनी नाम नखुलेको डीएसपी कटुवालले बताए ।

हेर्नुहाेस् बरामदी सामानकाे परिणाम

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार