मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

कला र संस्कृति संरक्षणमा लिम्बू युवा पुस्ताकाे आकर्षण बढ्दै

देश प्रदेश डेस्क 5490+ समाचार ( )
११ पौष २०८१, बिहीबार

झापा । पछिल्लाे समय लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण,  र प्रवर्द्धन पुस्तान्तरणमा जुटेका हुन् ।

पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । याक्थुङ युवा मञ्चले एक सय जना लिम्बू युवालाई आफ्नो समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ)सिकाइरहेको छ । लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा १५ दिने च्याब्रुङ नाच प्रशिक्षण पनि सञ्चालन गरेको छ ।

लिम्बू समुदायको कला, संस्कृति र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि युवा पुस्तालाई जागरुक गराउन च्याब्रुङ नाच प्रशिक्षण आयोजना गरिएको याक्थुङ युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताए । आफ्नो संस्कृतिका बारेमा युवा पुस्तालाई सचेत गराएर मात्र संस्कृति जोगाउन सकिने अध्यक्ष योङहाङले बताए ।

याक्थुङ युवा मञ्चका सहसचिव एवं प्रशिक्षण संयोजक उमेश सेलिङ लिम्बूले इलाममा लिम्बू समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण आयोजना गरिएको बताए । जिल्लामा हुने विभिन्न सभा–सम्मेलनमा च्याब्रुङ नृत्यका लागि अनुरोध हुन थालेको उनकाे भनाइ छ  । कला र संस्कृतिको संरक्षण र विकासमा लाग्दा आम्दानी पनि हुने भएकाले त्यसतर्फ युवा पुस्ता आकर्षित भएकाे उनकाे बुझाइ छ ।

पाँचथरको फिदिम नगरपालिबाट च्याब्रुङ सिक्न आएका प्रशिक्षार्थी नोगेन लिम्बूले मौलिक संस्कृति र परम्पराप्रति युवा पुस्ताको चासो कम हुँदै गएकाले त्यसप्रति उनीहरुलाई आकर्षित गर्न प्रशिक्षणमा सहभागी भएको बताए ।

च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रमले आदिवासी लिम्बू समुदायको कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन एवं नयाँ पुस्तामा पुस्तान्तरणमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष पदम ताम्लिङले बताए ।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार