मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम फैलाउदै चेतना नेपाल

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

झापा । दुर्व्यसन विरुद्धको  सचेतना कार्यक्रम सम्पन्न गरिएकाे छ । जनकल्याण समाज संस्थाका अध्यक्ष एवम् पूर्व वडा अध्यक्ष लीला बहादुर  कदङ्वाको सभापतित्व तथा कन्काइ नगरपालिका प्रमुख राजेन्द्रकुमार  पोखरेलको  प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

  जनकल्याण समाज दुर्गापुर कन्काइ ७ को आयोजनामा  सुर्तिजय पदार्थ तथा  लागूऔषध दुर्व्यसन विरुद्धको  सचेतना कार्यक्रम  साेही वडाकाे  जनकल्याण समाज दुर्गापुरको सभा हलमा सम्पन्न भएको थियाे । 

 संस्थाका सदस्य एवम वडा  सदस्य निर्मल आङ्ग्थोपु ले स्वागत मन्तव्य एवम कार्यक्रम को औचित्यता माथी प्रकाश पारेकाे कार्यक्रममा औंचित्यमाथि चेतना नेपालकी  प्रशिक्षक कल्पना भट्टराइले  सुर्तिजन्य, मदिरा जन्य तथा  पदार्थलागू पदर्थको  हानी नोक्सानी यसको दुशप्रभाव  नियन्त्रण न्युनिकरणमा समुदायको भूमिका सहितको व्याख्या गर्दै प्रशिक्षण प्रधान गरेकी थिइन् ।

नेपालमा दुरुपयोग भएका लागूपदार्थलाई नियमन एवम नियन्त्रण गर्न सबैको दायित्व भएको हुँदा यस्ता पदार्थ लाई न्युनिकरण नियन्त्रण गर्न प्रयास गरिएका ऐन नियम कानुन कार्यान्वयनमा जोड दिनु पर्ने औंलाउदै  प्रशिक्षण प्रधान गरिएकाे थियो ।

प्रमुख अतिथि पोखरेलले लागूपदार्थ दुर्व्यसन न्युनिकरण गर्न समुदायका सबै तह तप्काको सहयोगको आवाश्यक परेकाे बताए । नगरले विगत  केही वर्ष देखि चेतना नेपालको प्राविधिक सहयोगमा विध्यालय र समुदायमा लक्षित गरि कार्यक्रम सन्चालन गरिएको जनाए । उनले यतिले मात्र पुग्दैन अभिभावक समेत चनाखो रहने किशोर किशाेरीमा ध्यान पुर्‍याउन समेत आग्रह गरे ।  नगरपालिका साथ सहयोग गर्न समेत तयार रहेको बताए ।

 वडा अध्यक्ष भीष्म भूषण सिटौलाले दुर्व्यसन सबैको साझा समस्या रहेको र यो दिनानु दिन बढ्दै गएको हुँदा सबै सरोकारवाला पक्ष सचेत भएर नगरलाइ दुर्व्यसन मुक्त बनाउन अभियानमा जुट्न समेत अनुरोध गरे ।

संस्थाकी सचिव हार्क लुहागुनले  संञ्चान गरेकाे कार्यक्रममा सभाध्यक्ष  कदङ्वाले  सबै सहभागी अतिथि प्रशिक्षक लाई धन्यवाद दिएक थिए  ।

 स्थीनीयहरुको उल्लेखनिय उपस्थित रहेकाे कार्यक्रममा   कन्काइ ७ का वडा अध्यक्ष भीष्म भूषण सिटौला , वडा सदस्य सावित्रा सार्की ,निर्मल आङ्थोपु  चेतना नेपालकी प्रशिक्षक भट्टराई स्थानीय संघ सस्थाका  प्रमुखको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

इन्द्र प्रसाद ओली १८ जेठ २०८२, शनिबार

हार्दिक नमन । सुन्दर कार्य

इन्द्र प्रसाद ओली १८ जेठ २०८२, शनिबार

हार्दिक नमन । सुन्दर कार्य

इन्द्र प्रसाद ओली १८ जेठ २०८२, शनिबार

हार्दिक नमन । सुन्दर कार्य

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार