मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

भद्रपुरमा किसान परिचयपत्र वितरण सुरू

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

झापा । भद्रपुर नगरपालिकाले व्यावसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचयपत्र वितरण सुरू गरेको छ ।

नगरपालिकाले व्यावसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत किसान परिचयपत्र वितरण थालेको हो ।

संघीय सरकारबाट प्राप्त सशर्त अनुदानअन्तर्गत प्रतिवर्ष प्राप्त दुई लाख रकममा नगरपालिकाले १० लाख थप गरी वडा नम्वर १ र २ मा किसान परिचयपत्र वितरण गरेको छ भने वडा नम्वर ३ र ४ मा किसानहरूको पहिचान गर्ने काम गरिरहेको छ ।
नगर कृषि शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार नगर कार्यपालिकाले तय गरेको मापदण्ड अनुसार भद्रपुर नगर क्षेत्रमा व्यावसायिक कृषि कर्म गरिरहेका किसानहरूको स्थलगत अनुगमनपश्चात् पहिचान गरेर किसान परिचयपत्र वितरण गरिने गरिएको छ ।

पछिल्लो चरणमा वडा नम्वर ३ र ४ का किसानहरूको विवरण लिएर परिचयपत्र प्रमाणिकरण प्रकृयाका लागि वेबसाइटमा नाम सार्वजनिक गरिएको छ ।

यसका लागि नेपाल सरकारको सशर्त अनुदानबाट आउने बार्षिक २ लाख रकम कम भएपछि बाँकी काम रहेका वडामा एकमुष्ठ किसान परिचयपत्र वितरण गर्न नगरपालिकाले १० लाख रकम विनियोजन गरेर काम अगाडि बढिरहेको निमित्त प्रमुख विमलीको भनाइ छ ।

यस्तै भद्रपुर नगरपालिकाले पशुपालन र कृषि कर्ममा कृषकलाई सहज वातावरण निर्माण गर्न नगरको दक्षिणी क्षेत्रमा पर्ने वडा नं १, २ र ३ लक्षित गरी कृषि र पशुको प्राविधिक सेवा बिस्तार गरेको छ । यस सेवा केन्द्र स्थापनासंगै सयांै पशुपालक कृषक लाभान्वित भएको नगर कृषि तथा पशुपंछी शाखाको दावी छ ।

यता कृषिको बाली लगाउँदा हुने जोखिमबाट लगानी सुनिश्चित गर्न कृषि बिमा कार्यक्रम लागु गरेको भद्रपुरमा त्यसको लाभ लिन कुनै पनि किसानले चासो नराखेको पाइएको छ ।

कृषि बिमा निःशुल्क गर्न नगरपालिकाले बजेट बिनियोजन गरेको भए पनि कृषकले लगाउने कुनै पनि बालीको कृषि बिमा गर्न माग गरेका छैनन् ।
त्यस्तै नगरपालिकाले नगरक्षेत्रमा कृषि प्रयोजनका लागि सञ्चालन गरिने कृषि सिंचाईको विद्युत महशुलको ५० प्रतिशत रकमं नगरपालिकाले तिरिदिने घोषणा गरेको छ ।

नगर प्रमुख गणेश पोखरेलका अनुसार कृषि उत्पादनको लागत घटाएर व्यावसायिक कृषिमा किसानको आकर्षण बढाएर अन्न उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर गराउन अनुदान कार्यक्रम ल्याइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार