मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा

देश प्रदेश डेस्क 5339+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

झापा   निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका हुन् ।

बेलका–२, ३, ६ ८ र वडा नं ९ सप्तकोशी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताए। नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेलकाको सप्तकोशीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको बताए । अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरे ।

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहेर बस्न भनिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।

जिल्ला प्रशासनले र सुरक्षाकर्मीको टोलीले कुनै विपद्का घटना भएमा उद्धार तथा राहतमा जुट्न पूर्णतयारी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए । जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले स्थलगत अवलोकन गरी पूर्वतयारी थालिएको नगरप्रमुख अशोक कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार