मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ९२ करोडको बजेट

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

झापा / तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि दुई अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख र बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार तेस्रो नगरसभाको सातौं अधिवेशनमा यो बजेट सार्वजनिक गरिन्।

आर्थिक वर्ष २०८२/०८३ का लागि चालु खर्चमा एक अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४.१७ प्रतिशत र पूँजीगत खर्चमा एक अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५८२ रुपैयाँ अर्थात् ५५.८३ प्रतिशत विनियोजन गरिएको छ।

उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरण र बचतबाट दुई अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँ प्राप्त गर्ने लक्ष्य लिइएको जानकारी दिइन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १६ करोड बढीको छ।

सामाजिक र शैक्षिक विकासको लागि ९९ करोड ४२ लाख ५२ हजार ५८२ रुपैयाँ विनियोजन गरिएको छ। साथै, दूधमा दिइने प्रति लिटर दुई रुपैयाँ अनुदानको लागि ७० लाख, समग्र आर्थिक विकासका लागि ६ करोड १९ लाख ५० हजार विनियोजन गरिएको छ।

विकासका प्रमुख योजनामा एक वडा एक किलोमिटर सडक निर्माणको लागि १५ करोड, तिलोत्तमा बहुउदेश्यीय भ्यू टावरको निर्माण र संचालनको लागि एक करोड, सिटी कलेज सञ्चालन व्यवस्थापनको लागि ५० लाख, केउलानीमा स्किल ट्रेनिङ सेन्टर स्थापना गर्न २५ लाख राखिएको छ।

वडा भवन निर्माणको लागि ३ करोड, वडा कार्यालयका बाँकी संरचनाहरू जस्तै बाउन्ड्री वाल र सभाहल निर्माणको लागि २ करोड, र सडक मर्मतसम्भार र पूर्वाधार सुधारका लागि २ करोड विनियोजन गरिएको छ। समग्र पूर्वाधार विकासमा ९७ करोड ५८ लाख ३९ हजार विनियोजन गरिएको छ।

अन्तिम रूपमा, नगरको समग्र विकास र टोल विकास संस्थाको परिचालनका लागि ८० लाख र नगरपालिकामा कार्यरत करार कर्मचारी, नगर प्रहरीलाई सामाजिक सुरक्षा कोषमा समाहित गर्न र पूर्णता दिन १ करोड ५० लाख सहित कुल ५१ करोड ७३ लाख ५८ हजारको बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार