झापा । नेकपा एमाले भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशन सुरु भएको छ । सरकारका पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेलले शुक्रबार अधिवेशनको उद्घाटन गरे ।
स्थायी कमिटी सदस्य समेत रहेका नेता खरेलले भद्रपु्रमा विकास नभएको उल्लेख गर्दै उनले निर्वाचनका बखत गरिएको गठबन्धनले असर पारेको बताए । अब आउने निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सूर्यमा नै भोट हाल्ने उम्मेदवार खडा गरिने आश्वासन दिए ।
विकास निर्माणका जतिपनि योजना कार्यान्वयन एमाले सरकारमा भएको बखत मात्र भएको उनले बताए ।
हुलाकी सडक,एसियन हाइवे,हुलाकी मार्गसँग जोडिएका पालिकामा नगर योजना अन्र्तगत वार्षिक दुइ अर्ब बजेट यसको प्रमुख उदाहरण भएको जनाए । उनले मदन भण्डारी ,पुष्पलाल मार्ग लगायत दर्जन बढी आयोजना एमालेको अगुवाइमा भएको दावी गरे । विगतमा भएका कमजोरीलाइ आत्मसात गरेर अगाडि बढन उनले निर्देशन दिए । एमालेको प्रतिस्पर्धी नेपाली काङ्ग्रेस भएकोले सो पार्टीसँग सहमतिको सरकार बन्न नसक्ने विश्वास दिलाए । चुनावमा जादा मन फाटने भएकोले सहमतिमा नगर कमिटी चयन गर्न उनले सुझाव दिए ।
पार्टीको निर्देशनका कारण मेरो भागमा परेको झापा क्षेत्र नम्बर १ मा पराजय भोग्नु परेको उनले बताए । सोही क्षेत्रबाट विजयी भएर गएका नेताले निर्वाचन क्षेत्रका मतदातालाइ सम्बोधन नगरी संसद भवनमा भाषण मात्र छाटने गरेको उनको भनाइ थियो । नेतासँग सेल्फि खिचेर जनतालाइ वेवास्ता गरेको भन्दै अब नेतासँग हैन जनतासग सेल्फि खिच्न उनले सुझाव दिए ।
कार्यवाहक अध्यक्ष भीम सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीलाइ योगदान पुर्याएवापत खेम खरेल,नारायण तिवारी ,हेम खनाल, गोपाल मण्डल र शुसिला पौडेललाइ सम्मान गरिएको थियो ।
नगर कमिटी उपसचिव किरण कार्कीले स्वागत गरेको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष प्रेम गिरी,प्रदेश कमिटी सचिवालय सदस्य वसन्त कुमार बानिया,नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला अध्यक्ष केदार पोखरेल , शिव कुमार राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगर कमिटीका सचिव घनश्याम लकान्द्रीले सञ्चालन गरेको कार्यक्रममा बन्द सत्रले दुइ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।