मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

प्रधानाध्यापक नियुक्ति विवादले झापामा शिक्षकले तलब पाएनन्

देश प्रदेश डेस्क 5494+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

                                                                                                                       साङ्केतिक तस्वीर

झापा । झापाको कमल गाउँपालिकाको वाणी माविका शिक्षकले तीन महिनाको तलब पाउन सकेका छैनन् ।तत्कालीन प्रधानाध्यापक लक्ष्मी डाँगीले गत माघमा राजीनामा दिएपछि अर्को प्रधानाध्यापक नियुक्ति विवादका कारण शिक्षकहरुले चैतमा पाउनुपर्ने तीन महिनाको तलब रोकिएको हो । १८ माघमा डाँगीले प्रधानाध्यापक पदबाट राजीनामा दिँदै वरिष्ठताको आधारमा सामाजिक विषयका शिक्षक तेजनाथ भट्टराई निमित्त प्रधानाध्यापक बनेका थिए ।

१९ माघमा विद्यालय व्यवस्थापन समितिले डाँगीको राजीनामा स्वीकृत गर्नुको साथै नयाँ प्रधानाध्यापक नियुक्तिका लागि माध्यमिक तहका तीन स्थायी शिक्षकहरुबाट विद्यालय सुधारको कार्ययोजना माग गर्ने र त्यसको आधारमा नियुक्ति दिने निर्णय गर्‍यो ।

त्यस अनुसार १५ दिनको समय तोकेर समितिले सूचना जारी गर्‍यो । निमित्त प्रधानाध्यापक भट्टराईले कार्ययोजना पेश गरेनन् भने अरु दुई शिक्षकले पेश गरे । व्यवस्थापन समितिको अध्यक्ष अरुण भण्डारीले भट्टराईलाई कार्ययोजना पेश गर्न आग्रह गरेको तर एक हप्तासम्म नदिएको बताए ।

 निमित्त प्रधानाध्यापक नै बैठकमा नआउने भएपछि व्यवस्थापन समितिले प्रधानाध्यापक छनोट समिति पनि बनाउन नसकेको समितिका अध्यक्ष भण्डारी बताउँछन् ।

निमित्त प्रधानाध्यापक भट्टराईका कारण प्रधानाध्यापक नियुक्तिमा साढे दुई महिना अलमल भएको छ । शिक्षकहरुको तलब तथा विद्यार्थीको दिवा खाजाको रकम रोकिएपछि २ वैशाखमा वडाध्यक्षसहित विद्यालय व्यवस्थापन समितिको बैठकले कार्ययोजना पेस गरेकामध्ये जगन्नाथ फागोलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गर्‍यो ।

विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा भएको विवाद देखाएर गाउँपालिकाले शिक्षकको तलब र दिवा खाजाको रकम रोकेको छ । पालिकाले समस्या समाधान गरेर आउनू भनेपनि समस्या नसुल्झिएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुण भण्डारीले आइतबार राजीनामा दिएका छन् ।

पालिका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था भए पनि विवाद भएका कारण सबैको राय लिएर निर्णय गर्न आग्रह गरिएको बताए ।

निमित्त प्रधानाध्यापक भट्टराई भने  यो समस्याको निकास गाउँपालिकाले दिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार