मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

रविको वयान लिइयो, ओली र लेखकको कहिले ?

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

 जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार वयान लिएको छ । तर, आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । साथै, उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।

यसै क्रममा नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बिहीबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा झिकाएर वयान लिएको हो । ‘रविलाई रिहाई गर्ने’ पत्रमा ‘गृहसचिवको आदेशअनुसार निर्णय भएको’ उल्लेख थियो । यो पत्र सक्कली ठहरिएमा रविको रिहाई प्रकरणमा गृहसचिव समेत अनुसन्धानमा तानिन सक्ने देखिन्छ ।

हेर्नुहोस् नख्खु कारागारको पत्र

आयोगमाथि प्रश्न : ओलीलाई कहिले बोलाउने ?

सरकारद्वारा गठित जाँचबुझ आयोगलाई नमान्ने र आफू वयान दिनसमेत नजाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक चुनौती दिइसकेका छन् । उनले गौरीबहादुर कार्कीको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् ।

उता जेनजी आन्दोलनकारीहरुले भने भदौ २३ को गोलीकाण्डबारे केपी ओली र रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिनुपर्ने माग राख्दै आएका छन् । यस्तो अवस्थामा कारागारमा रहेका रवि लामिछानेलाई बोलाएर वयान लिएको जाँचबुझ आयोगले अहिलेसम्म ओलीलाई वयानमा बोलाएको छैन ।

जाँचबुझ आयोगले वयानका लागि बोलाएको अवस्थामा पूर्वप्रधानमन्त्री ओली वयान दिन आउलान् कि नआउलान् ? यो हेर्न बाँकी छ । तर, रविको वयान लिइसकेपछि अब ओली र रमेश लेखकको पनि वयान लिइनुपर्ने बहस सामाजिक सञ्जालमा शुरु भएको छ, जसले आयोगमाथि दबाव पर्न गएको छ ।

एकातिर आयोगले भदौ २३ र २४ को घटनाको जाँचबुझ गरिरहेको छ, अर्कातिर प्रहरीले हालसम्म ३७२ जनालाई पक्राउ गरेर १४१ वटा मुद्दा चलाइसकेको छ ।

यसै सन्दर्भमा कारगारमा रहेका रवि लामिछानेको वयान लिएको आयोगले २३ गतेको गोलीकाण्डबारे अहिलेसम्म केपी ओली र रमेश लेखकसँग वयान लिन सकेको छैन । रविलाई वयान लिने तर ओलीको नलिने हो भने ‘चयनमुखी न्याय’ को आशंका जन्मन सक्छ ।

यसैबीच, जाँचबुझ आयोगले नेपाल प्रहरीका आइजीपी चन्द्रकुबेर खापुङलाई भने २३ गतेको गोलीकाण्डबारे स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार