मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

झापा पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेशमा अध्ययनरत ३४० जना नेपाली विद्यार्थी स्वदेश फर्किए

देश प्रदेश डेस्क 5495+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

झापा  । बंगलादेशमा चर्किएको आरक्षणसम्बन्धी आन्दोलनका कारण नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेशमा अध्ययनरत ३४० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

तीन दिनमा त्यति धेरै नेपाली विद्यार्थी स्वदेश फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । बिहीवार ८५ , शुक्रवार ११४ र आज शनिवार १४१ जना विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए । शनिवार ७५ जना छात्र र ६६ जना छात्रा नेपाल फर्किएको उनले जानकारी दिए । बंगलादेशबाट फर्किने अधिकांश झापा बाहिरका छन् । फर्किनेहरु सबै सकुशल रहेको कार्यालय प्रमुख पनेरुले बताए । काँकडभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी धेरै नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बंगलादेश आउने जाने गर्दछन्।

‘बंगलादेश अध्ययन गर्न जाने बेलामा अध्यागमन कार्यालयले नेपाली विद्यार्थीहरुको विवरण राखेको हुन्छ ’ पनेरुले भने,‘ त्यही विवरणलाई हेरेर फर्किनेहरुको डाटा तयार गर्छौं ।’ पछिल्ला केही दिनमा उक्त नाकाबाट नेपाल भित्रिने विद्यार्थीहरूको संख्या वृद्धि भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए।बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

त्यहाँ भैरहेको आन्दोलनमा हालसम्म ११० जनाको ज्यान गइसकेको छ । सरकारले देशभर कर्फ्यू लगाएको छ । शुक्रवार मात्र कम्तीमा २७ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए ।नेपाली अधिकारीहरूले बंगलादेशको परिस्थितिलाई नजिकबाट नियालिरहेको र सबै नेपाली विद्यार्थीहरू हालसम्म सुरक्षित रहेको बताएका छन्। बंगलादेशमा विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि त्यहाँ अध्ययन गर्न गएका भारतीय विद्यार्थीहरु पनि फर्किन थालेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार हालसम्म ७ सयभन्दा बढी विद्यार्थीहरुलाई भारत फर्काइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार