मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

बम बिस्फोटबाट पाँचथरमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग दिइने

देश प्रदेश डेस्क 5490+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

झापा । पाँचथरमा भदौ दोस्रो साता बम विस्फोटमा परी ज्यान गुमाएका नाबालक दाजुबहिनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले साँवा परिवारलाई एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

भदौ १४ गते पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँका दिप्सन साँवा र प्रिन्सा साँवाको बम विस्फोटमा मृत्यु भएको थियो । खेल्ने क्रममा दिउँसो करिब ३ बजे भएको द्वन्दकालिन बम विष्फोटमा ४ जना बालबालिका परेका थिए । घर नजिकै अम्रिसो बारीमा भेटिएको वस्तुलाई खेलौना जस्तो ठानेर बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो । त्यसमा अढाइ वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन गम्भीर घाइते भएका थिए ।

घाइते साँवा दाजुबहिनीलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरुको मृत्यु भएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको उपचारमा लागेको खर्चको बिलका आधारमा बढीमा ५ लाख रुपैयाँसम्म सहायता दिने निर्णय गरेको हो । उनीहरुलाई आर्थिक सहायता उपलब्ध गराउन नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम)ले आग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार