मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

राष्ट्रिय युवा संघ भद्रपुरद्वारा साँवा परिवारलाई घर हस्तान्तरण

देश प्रदेश डेस्क 5373+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

झापा  । राष्ट्रिय युवा संघ भद्रपुरले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धा रणबहादुर साँवा र राजकुमारी साँवालाई राष्ट्रिय युवा संघले घर निर्माण गरेर आजबाट बस्न मिल्ने गरी हस्तान्तरण गरेको हो । अत्यन्तै कष्टकर जीवन विताईरहेको परिवारलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीका अध्यक्ष दिपक बुढाथोकीको अगुवामा घर निर्माण गरेर हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले हस्तान्तरण गरेका हुन् ।शौचालय, खानेपानी र विद्युतको व्यवस्थापन गरेर घर हस्तान्तरण गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले विभिन्न दाताहरुको साथ सहयोगबाट घर निर्माण सम्पन्न भएको बताए । आर्थिक तथा सामग्रीहरुको सहयोग पायौं, बुढाथोकीले भने – ‘अगुवाई गर्दा सहयोग पाइने भएपछि साँवा दम्पत्तिको जमिनमा बस्न सकिने गरी घर निर्माण गरेर हस्तान्तरण गरेका हौं । संघले गरिव असहाय तथा विपन्न परिवारको लागि सहयोग गर्दै आएको छ ।’

आवास हस्तान्तरणमा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य बसन्त बाँनिया, जिल्लाका उपसचिव असारु राजवंशी, भद्रपुरका अध्यक्ष ब्रम्हलाल ढुङगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहयोग रकम र सामग्रीहरुको समेत सार्वजनिक गरिएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य छवि चुडाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज राज लिम्बू, जिल्ला संयोजक फूर्वा लामा, पार्टीका नेताहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार