मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

वेबसाइट ह्याक गर्ने झापाका दुई युवा पक्राउ

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२० पौष २०८२, आइतबार

झापा / नेपाल प्रहरीकाे साइबर ब्यूरोले झापाका २० वर्षीय सन्तोष चिमरिया र १९ वर्षीय विकास पौडेललाई पक्राउ गरेकाे छ। 

नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई डाटा चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हाे ।

उनीहरूले सीएमडी नेपाल र नेपाली फर नेपाल (एनएफएन) जस्ता समूह खडा गरी विभिन्न सामाजिक सञ्जालमार्फत वेबसाइट ह्याक र डाटा ब्रिचको दाबी गर्दै आएका थिए।

नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र निर्वाचन आयोग जस्ता संवेदनशील निकायका सर्भरमा अनधिकृत प्रवेश गरेको निवेदनका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा मङ्सिर २८ गते मेचीनगर नगरपालिका–९ का चिमरिया र पुस १८ गते दमक नगरपालिका–९ का पौडेललाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ४ थान ल्यापटप, ११ थान मोबाइल, हार्ड ड्राइभ र रिपिटर लगायतका उपकरण बरामद गरिएको छ। पक्राउ परेका दुवैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार