मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि

देश प्रदेश डेस्क 5475+ समाचार ( )
४ अशोज २०८३, आइतबार

झापा / झापामा जापानिज इन्सेफलाइटिस अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ। जिल्लामा संक्रमण र मृत्युदर बढ्दै गएपछि स्वास्थ्य कार्यालय झापाले १५ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्न लागेको हो।

यस वर्ष झापामा जापानिज इन्सेफलाइटिसबाट १४ जना संक्रमित भएकोमा ७ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। पछिल्लो पटक भद्रपुर नगरपालिका–८ का ८ वर्षीय अविनाश टुडुको मृत्यु भएपछि जिल्लामा जेईबाट मृत्यु हुनेको संख्या सात पुगेको हो।

स्वास्थ्य कार्यालयका अनुसार अभियान असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। जिल्लाका १ सय ३१ वडामा ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी खोप दिइनेछ। अभियानका लागि ५ लाख ७० हजार डोज खोप झापा आइपुगेको छ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार यसपटक करिब ४ लाख ९३ हजार ३ सय १९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। स्थानीय तहअनुसार खोप अभियान सञ्चालन हुने मिति भने फरक–फरक हुनेछ।

तर झापामा ३० वर्षभन्दा कम उमेरका व्यक्तिमा समेत जेई संक्रमण देखिएको छ। यस वर्ष संक्रमित १४ जनामध्ये तीन जना ३० वर्षमुनिका छन्। तीमध्ये भद्रपुरका ८ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसले अभियानको लक्षित उमेर समूहबारे पनि प्रश्न उठाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार २०६४ सालमा सञ्चालन भएको जेई खोप अभियानमा १५ वर्षमुनिका बालबालिकालाई खोप दिइएको थियो। त्यसबेला खोप लगाइएको उमेर समूहलाई आधार बनाएर यसपटक ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरिएको हो।

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमण भएपछि उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने तथा मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरू बताउँछन्। खोपसँगै लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

झापामा बढ्दो संक्रमण र मृत्युलाई ध्यानमा राख्दै सुरु हुन लागेको यो अभियानमा लक्षित समूहका नागरिकलाई तोकिएका खोप केन्द्रमा पुगेर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार