मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |
मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |


आज मातातिर्थ औंशी, यस कारण आमाको मुख हेरिन्छ

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

झापा मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवसका मनाइँदै छ ।

आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्।

वैशाख कृष्णपक्षको अमावास्या तिथि अर्थात् मातातीर्थ औंसी। आज जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने दिवस। त्यसैले आजको दिनमा आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्षगतिको कामनासाथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्दछन्। 

बाँचुन्जेल माताको सेवा गर्न पाउनु छोरा–बुहारी, छोरी–ज्वाइँ तथा नातिनातिनीहरूको ठूलो सौभाग्यको कुरा हो। पूर्वजन्मको सञ्चित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ। छोराछोरी, नातिनातिना ज्वाइँ–छोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर स्वर्गसमान हुन्छ। स्वर्गमा सुखमात्रै पाइन्छ तर यस धर्तीमा त साना–ठूला सबैले सबैको माया–ममता र सान्निध्य पाइन्छ। पृथिवी मानिसको सिंगो घर हो। सबैको साझा थलो पनि हो। यसमा जुन प्रकारको मानव–मानववीचको पारिवारिक सुख पाइन्छ, त्यो स्वर्गमा पनि पाइँदैन र अरू योनिहरूमा पनि पाइँदैन। 

सनातन धर्मले मातापितालगायत मान्यजनको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकालदेखि नै सिकाएको छ। तर सबै सन्ततिलाई दैनिकरूपमा मातापिताको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा कुशे औंसीलाई लिइएको हो। मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग–अलग दिनमा आ–आफ्नो परम्परा अनुसार मनाउने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ। 

आमा हुनेहरूले आजको दिनमा सेवा गरी प्रसन्न तुल्याई आशीर्वाद ग्रहण गर्नुपर्दछ। आमाले पनि यस पवित्र पर्वका अवसरमा सन्ततिलाई आशीर्वाद दिएर हाँसीहाँसी सुखदुःखका कुरा सोध्ने र उनीहरूको भलाइ र प्रगतिका लागि भगवानसँग प्रार्थना गर्नुपर्दछ। 

जीवित आमा नहुनेहरूले आमाको मुख हेर्ने औंसीमा बिहानको पूजा आदि कर्म सकेर गोकर्ण, मातातीर्थ आदि पवित्र स्थानमा गएर आमाको मुक्तिको कामना गर्दै विधिपूर्वक श्राद्ध गर्नुपर्दछ। 

आजको दिन आमा जीवित नहुनेहरूले काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित मातातीर्थ कुण्डमा गई आमाका नाममा विभिन्न पुण्यकर्म गर्ने गर्दछन् । मातातीर्थ कुण्ड थानकोट नजिकै अवस्थित छ। उक्त स्थानमा गरिने पुण्यकर्मले आमाले ९ महिनासम्म गर्भमा राखेर जन्माई हुर्काएको मातृऋणबाट मुक्तिका साथै आमाको समेत मोक्षगति हुने विश्वास गरिन्छ। स्वस्थानी व्रतकथाअनुसार यही तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। यस पवित्र भूमिमा गई आमाको नाममा गरिएका श्राद्धलगायतका पुण्यकर्मको प्रभावले दिवंगत आमाको मुक्ति हुने र आमाको आशीर्वादले सन्तानको जीवन सुखमय रहने जनविश्वास छ। 

त्रेतायुगमा दशरथपुत्र मर्यादापुरुषोत्तम श्रीराम वनवास जाँदा लक्ष्मण र सीताका साथमा घुम्दै यस ठाउँमा आइपुग्नुभयो। अपरिचित उहाँलाई स्थानीय बासिन्दाहरूले नौलो र शंकास्पद देखेर आक्रमण गरे। त्यसपछि श्रीराम र उनीहरूबीच ठूलो युद्ध नै भयो। दुवै पक्ष थकित र भोक–प्यासले आकुल भए। माता सीताजी पनि प्यासले आकुल हुनुभयो। वरिपरि पानीको खोजी भयो, कतै नभेटिएपछि भगवान् श्रीरामले गंगाजीको स्तुति गर्न थाल्नुभयो। 

‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले जमिनमा बाण प्रहार गर्नुभयो, पानीको कुण्ड बन्यो। पानी उघाउन जाँदा माता सीताजीले उक्त कुण्डमा सारा ब्रह्माण्डको दर्शन पाउनुभयो। कुण्डको जलमा वहाँको छाया पर्नासाथ भित्रको ढुंगामा वहाँको मूर्ति समेत कुँदिन पुग्यो। यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गर्नुभएको पवित्र कुण्डलाई मातातीर्थ भनिएको हो। 

प्राचीन कालमा घना जंगलमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी कुण्ड भएतिर जान थाल्यो। कुण्डमा गएर हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ। घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले। त्यसपछि आमाले छोरालाई मृत आमाहरू प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै छोरालाई घर फर्काइन्। यसर्थ यस कुण्डमा आज दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार