मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

सामीले गर्याे पत्रकारसगँ अन्तरक्रिया कार्यक्रम, झापामा महिला वैदेशिक राेजगार उच्च

देश प्रदेश डेस्क 5479+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

झापा / झापाकाे भद्रपुर नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रहेर पत्रकारहरुसगँ एकदिने अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

बिहिबार नगरपालिकाले वैदेशिक राेजगारमा जाने, गएपछि र आउने क्रममा हुने समस्याहरु लगायतका विभिन्न डाटा देखाउदै  उक्त कार्यक्रम गरेकाे हाे ।

प्रस्तुत गरिएकाे डाटा अनुसार झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने नेपाली महिलाहरूको सन्दर्भमा देशभरकै अग्रस्थानमा देखिएको छ।

सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम भद्रपुरका अनुसार चालु आर्थिक वर्षमा मात्रै ६ हजार ६६६ जना झापाली महिला वैधानिक बाटो भएर कामको खोजीमा विदेश गएका छन्। यो संख्या देशभरको महिला वैदेशिक रोजगारीको कुल १९.५ प्रतिशत हो, जुन सबैभन्दा धेरै हो।

झापाबाट मुख्य रूपमा खाडी मुलुकतर्फ महिला श्रमिक जाने गरेका छन् भने पछिल्लो समय युरोप, अमेरिका र अष्ट्रेलिया जाने प्रवृत्तिमा पनि वृद्ध‍ि देखिएको छ। तथापि, विदेश गएकामध्ये धेरैजसो महिला ठगी र शोषणको चपेटामा पर्ने गरेको तथ्याङ्कले देखाउँछ।

कार्यक्रम संयोजक शेखर बुढाथोकीकाले सामी कार्यक्रममार्फत सूचनामा पहुँच, सीप तालिम, मनोसामाजिक परामर्श तथा न्यायमा पहुँच जस्ता सेवाहरू प्रदान गर्दै वैदेशिक राेजगारमा जानेहरुलाई सशक्त बनाउने प्रयास भइरहेको बताए।

यस आर्थिक वर्षमा मात्र ३०३ जना ठगीमा परेका श्रमिकमध्ये १४१ जनालाई ३ करोड ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको पनि बुढाथोकीले जानकारी दिए।

भद्रपुर नगरपालिकाको आयोजनामा सम्पन्न एक अन्तरक्रियामा नगर प्रमुख गणेश पोखरेलले राज्यले वैदेशिक रोजगारलाई पूर्ण रूपमा अपनत्व ग्रहण गर्न नसक्दा ठगी गर्ने दलालहरू दिनदिनै बढिरहेको टिप्पणी गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार