मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

पति खोजी गरिदिन पत्नी रूदैँ रूदैँ मिडियालाई गुहार

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२० भाद्र २०८०, बुधवार

मेचीनगर गत तीन महिनादेखि सम्पर्कविहिन पति दुर्गाप्रसाद दाहाल खोजी गरिदिन भन्दै उनकी पत्नी रूदैँ रूदैँ मिडियालाई गुहार मागेकी छिन् ।

 ५१ वर्षीय दुर्गाप्रसादकी पत्नी शोभा बुढाथोकी दाहालले ३ महिनादेखि हराइरहेका पति खोजी गरिदिन रूदैँ रूदैँ मिडियामा आएकी हुन् ।

मेचीनगर–६, काँकडभिट्टा स्थित आदर्श टोलका दुर्गाप्रसाद गत चैतदेखि घरबाट कसैलाई केहि नभनी हिडेका थिए । उनी जेठमा फेरि घर आएका थिए ।

जेठ र असार महिनाको बीचतिर परिवारलाई सम्पर्क गर्दा बिर्तामोड, कहिले इटहरीमा छु भन्ने गरेको शोभाले बताइन् । त्यसपछि दुर्गाप्रसाद असार २ गतेदेखि सम्पर्कमा नभएको उनको भनाई छ ।

उनका साथिहरूका अनुसार असार ७ गते पानी ट्याङकीमा भेटेको बताइएको छ । तर अहिलेसम्म सम्पर्क नभएको परिवारको भनाई छ ।

उनीहरूका १८ वर्षीया छोरी र ४ वर्षका छोरा छन् । छोरी कक्षा १२ र छोरा एलकेजीमा पढ्दै छन् ।

शोभाले  रूदैँ रूदैँ श्रीमान खोजी गरिदिन हारगुहार गरेकी छन् । उनले  यहाँका राजनीतिक दल, समाजसेवी, स्थानीयबासीलाई पतिको खोजीमा सहयोग पुर्याईदिन अनुरोध समेत गरेकी छन् ।

उनका अनुसार दुर्गाप्रसाद कोइला र इटाको कारोवार गर्ने व्यापारी हुन् ।

उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी समेत दिएकी छन् । इप्रका काँकडभिट्टाका प्रमुख डीएसपी दिपक भारतीले दुर्गाप्रसाद दाहालको खोजी कार्य भइरहेको बताए । प्रहरीको हेडक्वाटरबाट कल डिटेल संकलन गर्ने कार्य भइरहेको डीएसपी भारतीको भनाई छ ।

नेपाल र भारतमा भएका सबै आफन्तहरुकोमा पनि खोजी गरिसकिएको छ । उनले अहिलेसम्म कतै नभेटिएको चिन्ता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार