मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
साङ्केतिक तस्वीर
१२ आषाढ २०८३, शुक्रबार

                                                                                                                         साङ्केतिक तस्विर

झापा   प्रहरीले एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे विवरण अनुसार हिजो बिहान  १० देखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा तथा मातहत कार्यालयबाट खटिएको स्वीप अप्रेशन प्रहरी टोलीले विभिन्न स्थानहरूमा शंकास्पद अवस्थामा हिडडुल गर्ने लागूऔषध सेवनकर्ताहरु ३७ जना पुरूष र एकजना महिलालाई पक्राउ गरेको थियो । त्यस्तै ५५ ग्राम ९५० मिलिग्राम ब्राउन सुगरसहित ११ जना कारोबारी पक्राउ परेका छन् ।

लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य भइरहेको जिल्लाका डीएसपी रञ्जन अवाले बताए ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३२ का इन्द्रप्रसाद गिरी र वडा नं ७ निलकण्ठ टोल बस्ने बर्ष ३८ की सन्जु खत्रीको साथबाट प्लाष्टिकबाहेक ४४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा न. २ बस्ने बर्ष ३५ का अनिल लुईटेलको साथबाट प्लाष्टिकबाहेक ३५०मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने सुनिल धिमालको साथबार्ट प्लाष्टिकबाहेक २ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद हुँदा
मेचीनगर नगरपालिका वडा नं.१० बस्ने ३२ वर्षीय अस्पात शेखको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

त्यस्तै मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ३० वर्षीय गोरु भन्ने नसरु मियाँ र सोही ठाउँ बस्ने बर्ष ६० की अक्लिमा खातुनको साथबाट प्लाष्टिकबाहेक २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर भेटिएको छ ।

त्यस्तै पाँचथर फिदिम नगरपालिका वडा नं. १२ बस्ने २४ वर्षीय हितेश तावाहाङ र फिदिम ५ बस्ने १९ वर्षीय निरोज तामाङको साथबाट १ ग्राम २९० मिलिग्राम , इलाम चुलाचुली गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षीय विवेक राईको साथबाट ३ ग्राम , अर्जुनधारा नगरपालिका वडा नं. ६ बस्ने २६ वर्षीय प्रबिण श्रेष्ठ र बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय रोशन श्रेष्ठको साथबाट ४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको डीएसपी अवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार