मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |
मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

झापामा पनि विपद् पूर्वतयारी तीव्र

देश प्रदेश डेस्क 5482+ समाचार ( )
७ अशोज २०८३, बुधवार

                                                                        फायल तस्बिर

झापा ठूलो वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै झापामा पनि विपद् पूर्वतयारी तीव्र पारिएको छ ।मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि जिल्लाका सबै स्थानीय तहलाई सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अवस्थामा राख्ने निर्णय बैठकले गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाको सभाकक्षमा  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित बाढी, डुबान तथा अन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्ने निर्णय गरेको हो ।

बैठकमा जिल्लाका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका प्रतिनिधि, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीको सहभागिता थियो ।

विशेषगरी बाढी तथा डुबानको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई समयमै सूचना उपलब्ध गराउने, आवश्यक परे उच्च सतर्कताको साइरन बजाउने तथा माइकिङमार्फत सुरक्षित स्थानमा सर्न आग्रह गर्ने निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । उनका अनुसार झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिकाका केही वडा, शिवसताक्षी नगरपालिकाका तटीय क्षेत्र तथा भद्रपुर नगरपालिकाअन्तर्गत मेची नदीको तटीय क्षेत्रमा विशेष सतर्कता अपनाइनेछ ।

त्यसैगरी कनकाई, माई, विरिङ, रतुवा, मावा, निन्दा तथा कमल खोलालगायत नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बस्तीमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयमै सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने भएको छ । डुबानको सम्भावना रहेका बस्तीका बासिन्दालाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ । उद्धारका लागि आवश्यक डुंगा, त्रिपाल, भाँडाकुँडा, खाद्य सामग्रीलगायत सामग्रीसमेत तयारी अवस्थामा राखिने भएको छ । सम्भावित डुबान तथा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तत्काल सञ्चालन गर्न सकिने गरी सुरक्षाकर्मीलाई अग्रिम रूपमा परिचालन गरी ‘अलर्ट’ अवस्थामा राख्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा विगतमा झापामा आएको बाढीका क्रममा गरिएको उद्धार, राहत तथा पुनःस्थापनाका अनुभवलाई समेत आधार बनाएर आगामी दिनमा हुन सक्ने विपद्को सामना गर्ने विषयमा छलफल भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सम्भावित विपद्को सामना गर्न आफूहरू आवश्यक तयारी अवस्थामा रहेको जानकारी बैठकमा गराएका थिए। विपद्को अवस्था सिर्जना भएमा स्थानीय तहसँग समन्वय गरी तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुने उनीहरूले बताएका थिए । बैठकले सम्भावित विपद्का समयमा आवश्यक पर्ने राहत तथा उद्धारका लागि स्थानीय तहलाई मात्र आर्थिक जिम्मेवारी दिँदा पर्याप्त स्रोत जुटाउन कठिन हुने निष्कर्षसमेत निकालेको छ। त्यसका लागि प्रदेश तथा संघीय सरकारसँग समेत आवश्यक राहत तथा उद्धारका लागि बजेट माग गर्ने निर्णय गरिएको छ ।

बैठकमा स्थानीय तहका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले पनि सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि विभिन्न सुझाव दिएका थिए । वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र तटीय तथा होचा भूभागमा डुबानको जोखिम हुन सक्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयबीच निरन्तर समन्वय कायम राख्ने बैठकले निर्णय गरेको छ ।

सम्भावित विपद्को समयमा नागरिकलाई तत्काल सही सूचना उपलब्ध गराउन सञ्चारमाध्यमसँग समेत समन्वय गर्ने र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनामार्फत सुरक्षित स्थानमा जान प्रेरित गर्ने व्यवस्था मिलाइने भएको छ । झापामा विगतमा मेची, कनकाई, रतुवा, मावा, विरिङ, निन्दा तथा कमललगायतका नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न क्षेत्र प्रभावित हुँदै आएका छन् । यसपटक पनि मौसम पूर्वानुमानअनुसार ठूलो वर्षाको सम्भावना रहेकाले जिल्लाले बाढी तथा डुबानको जोखिमलाई प्राथमिकतामा राखेर पूर्वतयारी अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार