मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

यहाँस्थित जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने र दुईजना घाइते भएका छन् ।

कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीय छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीय आशा यादव र आशाकी १५ वर्षीय भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको  खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार