मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापामा डेंगी संक्रमणबाट ११ वर्षीया बालिकाकाे मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ आषाढ २०८२, शनिबार

झापा / झापामा डेंगी संक्रमणबाट ११ वर्षीया बालिकाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षीका सुमन राईकी छोरी सुरविरा राई रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिएका छन् ।

बरालका अनुसार स्वास्थ्यमा समस्या भएपछि बिहीवार राईलाई बीएण्डसीमा भर्ना गरिएको थियो । हिजो बिहान ८.२५ बजे उपचारका क्रममा उनको मृत्यु भएको हाे ।

यस वर्ष पहिलो पटक झापामा डेंगुबाट मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो । मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । डेंगुबाट संक्रमित हुनेहरुमा अधिकांश बिर्तामोडका रहेका छन् । फोकल पर्सन बरालका अनुसार हाल बीएण्डसीमा ४८ , दमकमा १ र गौरादहमा ६ जना डेंगु संक्रमित उपचारमा रहेका छन् ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि डेंगुको संक्रमण बढ्दै गएको छ । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार