मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

झापाका दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

झापा भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले झापाका दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ ।
भद्रपुरमा शनिबार आयोजित कार्यक्रममा भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको हो ।
रेजिन सन् २०१९ मा १३ औँ साफ च्याम्पियनसिप, सहिद स्मारक ए डिभिजन लिग, सन् २०१८ मा भुटानमा भएको यु–१८ साफ च्याम्पियनसिपका स्वर्णधारी खेलाडी हुन् । त्यस्तै, रोहित यु–१५ र यु–२० साफ च्याम्पियसिपका टोली सदस्य हुन् ।
त्यस्तै, भद्रपुर झापा गोल्डकपका महिला फुटबल खेलाडी तथा प्रशिक्षकलाई एकसेट जर्सी र फुटबल प्रदान गरिएको थियो ।

यसैबीच, सिल्को ग्रुप अफ कम्पनीले नेपालमा पहिलोपटक आफ्ना उत्पादनहरु भद्रपुरमा लन्च गरेको जनाएकाे छ  ।
नेपालका लागि आधिकारिक बिक्रेता तपो स्पोर्टस प्रालि काठमाडौँले देशभर सिल्कोका उत्पादनहरु बिक्री वितरण गर्नेछ ।
सिल्कोले फुटबल, क्रिकेट लगायत सबै प्रमुख खेलका किट्स, जर्सी र एक्सोसरीहरु विगत ४५ वर्षदेखि उत्पादन गर्दै आएको छ । यो ब्रान्ड भारतको पश्चिम बंगाल, उत्तरपूर्वका राज्यहरु र भुटानमा लोकप्रिय छ ।
कार्यक्रमको अवसरमा सिल्को र तपो स्पोर्टस्बीच बिक्री वितरण सम्झौतामा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, सिल्कोका प्रबन्ध निर्देशक खोकन भट्टचार्जी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गौरव सुब्बाले स्वागत गरेका थिए भने महासचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै