मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

झापा / सुनसरी प्रहरीले भन्सार छली गरी ल्याइएको करिब ८ लाख रुपैयाँ बराबरको लत्ता कपडा तथा तीन थान मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ साउन ९ गते बिहान ६ः१५ बजे इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध भन्सार छलीका सामान राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोली घटनास्थलमा पुग्दा को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झार्दै गरेका व्यक्तिहरूले प्रहरी देख्नासाथ सामान र मोटरसाइकल छाडेर फरार भएका थिए।

प्रहरीले घटनास्थलबाट अनुमानित ७ लाख ९५ हजार रुपैयाँ बराबरका ५४२ थान कुर्ता–सुरुवाल तथा तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भई फरार भएका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार