मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

अटोसंग ठोक्किएर धाइजनमा मोटरसाइकल चालकको मृत्यु

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२१ आषाढ २०८२, शनिबार

झापा   मेचीनगरमा अटोसंग ठोक्किएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा –११ बस्ने ३४ वर्षीया भिमबहादुर सार्की रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  शनिबार साँझ ५.१० बजे मेचीनगर –१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह. ५५७१ न. को अटो र बिपरीत दिशाबाट आउँदै गरेको मे. ८ प. ८०३ न.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

दुर्घटनामा मोटरसाइकल चालक  सार्की घाइते भएका थिए । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले लानेबित्तिकै मृत घोषणा गरेकाे उनले जनाए । अटोमा सवार बुद्धशान्ति –३ बस्ने ४९ वर्षीया निर्मला बिक र उनकी छोरी १७ वर्षीया दिपा बिक घाइते भएका छन् । दुबै जनाको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको छ ।

अटो चालक बुद्धशान्ति –१ बस्ने ४० वर्षीय युवराज घिमिरे ,अटो र मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार